मनोरञ्जन

सातौं मागर गट् ट्यालेन्टमा डायमन्ड सारु मगर र मनसुन सारु मगर बिजेता

गोमा राना,
३० नोभेम्बर २०२४ शनिबार मगर संघ युकेका युवाहरूले बिगतका वर्षमा जस्तै यो बर्ष पनि “मगर गट ट्यालेन्ट” ग्रिनफोर्ड हलमा भव्य रुपमा सम्पन्न गरेको छ।

बिदेशमा रहेर पनि नयाँ युवाहरुलाइ एक प्लेटफर्म उपलब्ध गराएर आफ्नो कला, भाषा,संस्कार, सस्कृति, भेष भुषाको संरक्षण प्रवर्द्धन गर्दै, सवै युवाहरूलाई एक आपसमा चिनारी गर्ने र आआफ्नो कला प्रतिभा प्रस्तुत गर्ने जस्ले गर्दा प्रोत्साहन र प्रेरणा मिलोस भन्ने उद्देश्यले यो कार्यक्रमको शुरुआत गरिएको हो।

मगर युवाहरुको प्रतिभा देखाउने यो सातौं पटकमा आइपुग्दा धेरै युवाहरुले आफ्नो करियरको दौरानमा राम्रो फड्क‍ो मारिसकेका छन्। चलचित्रमा अभिनय गर्न सफल भएका छन्।मगर गट् ट्यालेन्टमा पहिलो दोस्रो स्थान पाउनेले नेपाली ओपन कन्सर्टमा समेत आफ्नो कला प्रस्तुत गर्न पाउनेछन्।

संघको विभिन्न शाखाबाट ८ जना युवा प्रतियोगीहरुले भाग लिएका थिए। जस्मा अस्मिता मगर( पल्मस्टेड शाखा)डायमन्ड सारु मगर र मनसुन सारु मगर( टन्ब्रिज केन्ट), मेगोमी गर्बुजा थापा (युएचएसबी), रोनीसा आले( रेडिङ), असृता राना र आयुशी राना ( टन्ब्रिज केन्ट), सजग पुलामी मगर( वेम्ब्ली मिफुरुङ क्लब), निशिका थापा र निर्मला थापा ( पलम्स्टेड) र रोशनी थापा( वेस्ट लन्डन ) बाट भाग लिएका थिए।

निर्णायक भुमिकामा, विभिन्न चलचित्र तथा नाटममा अभिनय गरिसकेका नायक तथा कलाकार ध्रुब दत्त, लामो समय साङ्गीतिक यात्रामा लाग्नु भएकाबि.सं २०६४ सालमा रेडियो नेपालक‍‍ो आधुनिक गीत गायन स्वरमा परिक्षामा उतिर्ण गायक गंगाराज राई, मगर गट् ट्यलेन्टका पुर्व बिजेता साथै चलचित्रमा अभिनय गरिसकेकी नायिका प्रतिभाकि धनी सलीना थापा र नेपाल देखि आउनु भएको मोडल तथा नृत्य कलाकार रुबिना अधिकारी रहेका थिए। निर्णायक टिमले अत्यन्तै निष्पक्ष ढंगले सकारात्मक र सुधार गर्नु पर्ने सहि प्रतिक्रिया दिएका थिए।

यस वर्ष २०२४ को सेकेन्ड रनर अप मेगोमी गर्बुजा थापा भएकी छिन् भने दोस्रो स्थानमा सजक पुलामी मगर भए भने डायमन्ड सारु मगर र मनसुन सारु मगरले मगर गट् ट्यालेन्ट २०२४ को प्रथम स्थानमा बिजेता बन्न सफल भएका छन् ।

प्रतियोगितामा बिजयी हुनेले मैथाने ईन्टरटेन्मेन्टमा भाग लिन पाउने कुरा दिपक मैथाने मगरले जानकारी दिएका छन्।

मगर संघका अध्यक्ष सीता पुन र प्रमुख अतिथि कृष्ण थापाले पानसमा दिप प्रज्वलन गरि कार्यक्रम शुभारम्भ भएको थियो। युवा अध्यक्ष अनिल थापा, मगर संघका संरक्षक घन थापा कृष्णा थापा, अध्यक्षहरु, विभिन्न संघ सस्थाका पाहुनागण,ट्रस्टिहरु युवाहरू लगायत विभिन्न सद्स्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम सन्चालनमा करिस्मा थापाबाट शुभारम्भ भइ दिनेश रोका र जानकी रोकाले कौशलता र मनोरञ्जनात्मक रुपले सन्चालन गरेका थिए।

कार्यक्रममा विभिन्न पुरस्कार सहित राफल ड्र पनि राखिएको थियो । अन्त्यमा नेपाल बाट आउनु भएकी गायिका दिलु सलामीले गीत गाएर सबैलाई नचाएकी थिइन्।

Related Articles

Back to top button