मनोरञ्जन

फेदेनमा याक्थुङ चलचित्र ‘रीत’ काे विशेष प्रदर्शनी

६ अक्टाेबर, फेदेन(पान्थर) । याक्थुङ लिम्बु कथानक चलचित्र ‘रीत’ को शुक्रबार फिदिममा विशेष प्रदर्शनी भएको छ।

फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा ‘रीत’ को विशेष प्रदर्शनी भएको हो । याक्थुङ युवा मञ्च पाँचथर र याक्थुङ फिल्मस संयुक्त आयोजनामा सम्पन्न प्रदर्शनीमा निर्माता नेपाली सेनाका पूर्व जर्नेल होमकुमार लाओती, निर्माता आशा नेम्बाङ, कलाकारहरु लक्ष्मी योङ्हाङ, बिमला खजुम, पूर्ण सेलिङ, नन्दु तुम्बापो, नितुरानी नेम्बाङ र रत्ना लिङ्देन लावतीलाई सम्मान समेत गरिएको थियो।

ताप्लेजुङ, पान्थर, काठमाडौँ लगायत विभिन्न ठाउँमा छायाङ्कन गरिएको ‘रीत’लाई सागर केरुङ्ले लेखेका हुन् भने दिनेश लिङ्देनले निर्देशन गरेका छन् । चलचित्रमा बिमला खजुम, लक्ष्मी योङ्हाङ, यासेली योङ्हाङ, सागर केरुङ, दिनेश माङ्मु, तान्छो इङ्नाम, पुर्ण सेलिङ, नन्दु तुम्बापो, प्रभु कुरुम्बाङ, सोनु थोक्लिहाङ, भीम थेबे, तेज मेन्याङ्बो, राजु घिमिरे, रत्ना लिङ्देन लाओती, एन्जिला नेम्बाङ लगायतले अभिनय गरेका छन्।

फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित ‘रीत’ लाई होमकुमार लाओती, आशा नेम्बाङ र विष्णु इङ्नामले निर्माण गरेका हुन् ।

Related Articles

Leave a Reply

Back to top button