मनोरञ्जनसमाचार

मेलिना राईको ‘सुजमलाल’ गीत सार्वजनिक

१४ अप्रिल, काठमाडौं । मेलिना राईको नयाँ गीत ‘सुजमलाल’ सार्वजनिक भएको छ । अन्जना इछमफूलको शब्द र कन्काइस्ट राईको संगीत रहेको गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

बच्चु हिमांशुले ‘सुजमलाल’ गीतको भिडियो निर्देशन गरेका हुन् । सरगम राईको कथा र निर्माणमा बनेको भिडियोमा सरगम राई, युवाहाङ राई र नुनिमा किरातसहित किरात सिली अध्ययन केन्द्रका कलाकारहरु र नेसनल ब्लूमिङ फ्लावर एकेडेमीका छात्राहरुको पनि अभिनय रहेको छ । भिडियोको छायांकन, सम्पादन र कलरिङ चक्र पुलामीले गरेका हुन् । भिडियोमा चक्र पुलामी र सरगम राईको कोरियोग्राफी रहेको छ ।

किरात राई आदिवासीको सांस्कृतिक पृष्ठभूमिमा तयार गरिएको गीतको भिडियोमा दुई युवायुवतीबीच भर्खरै सुरुवात भएको प्रेमसम्बन्धलाई देखाइएको छ । भिलेज नेपाल स्टुडियोको प्रस्तुति रहेको गीतको भिडियोलाई आगामी साकेला उभौली लक्षित गरेर सार्वजनिक गरिएको हो ।

भिडियो यहाँ हेर्नुहाेस् –

Related Articles

Back to top button