
२९ नाेभेम्बर, युएई । युमा साम्यो महासभा युएई द्वारा युएईको दुबई राज्यमा याक्थुङ लिम्बु समुदायको माैलिक एवम् महान पर्व चासोक थिसोक तङनाम भव्य रुपले सम्पन्न भएको छ ।
२३ नोभेम्बर २०२५ तदनुसार (२०८२ मंसिर ७, आइतबार) युएईको दुबई राज्य स्थीत बरदुबई शहरको याक एण्ड यति होटलको एभरेस्ट हलमा “युमा साम्यो महासभा” युएईद्वारा आयोजनामा गरिएको याक्थुङ लिम्बु समुदायको महान चाडपर्व चासोक तङ्नाममा तक्सोक, थिसोक भब्य रुपले युएईमा मौलिक अनुष्ठान गरि मुन्धुमी संस्कारले सम्पन्न गरिएको छ। उक्त चासोक थिसोक तङ्नाम कार्यक्रमको सभापतित्व श्री राम योङहाङ “बैदारे ठुले ” ज्युले गर्नु भएको थियो उक्त चासोक तङ्नाममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा कार्यक्रम सभापतिको संयुक्त दिप–प्रज्वलनसँगै, तुम्याहङ खड्का पन्धाकको रोहवरमा सावाला साम्बा भवानी अन्छङ्बोले ज्युले मुन्धुम वाचन गरी चासोक थिसोक चडाएर तङ्नाम अनुष्ठान सङै कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो ।

उक्त कार्यक्रममा विभिन्न संघ सस्थाबाट पाल्नुहुने आगन्तुक पाहुना अतिथिहरूलाई याक्थुङ लिम्बु संस्कृतिको परम्परागत केलाङ–लाम्दाक याक्थुङ मौलिक विधिद्वारा स्वागत गरिएको थियो। प्रमुख अतिथिका रूपमा संघीय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष श्री बिक्रम वाजिहाङ, विशिष्ट अतिथिमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष श्री पोबो थेबे, याक्थुङ सयङ सङ्जुम्भोबाट अध्यक्ष सुश्री बसन्ता थेबे, थुपुको थेबे युएई समाजबाट सुश्री मुना थेबे, ताप्लेजुङ समाज युएईबाट अध्यक्ष श्री लोकेन्द्र पालुङ्वा, पथरी शनिस्चरे युएईबाट अध्यक्ष श्री दिल राई, संघीय लिम्बुवान क्षेत्रीय समिति अलेनबाट अध्यक्ष श्रीमती सीमा चेम्जोङ, लिम्बुवान अन्तर्राष्ट्रिय प्रवास समन्वय समितिबाट श्री बिक्रम पन्धाक आबुधाबी टिमबाट काजिमान लिबाङ र दिपक वनेम साथै अन्य सहभागीहरु साथ उपस्थित रहेकोे थियो र फुजेरा राज्यबाट पनि प्रतिनिधि भिम मिभक ज्युको रहोबरमा केही पाहुना ज्युहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा शुभकामना मनत्यब राख्दै कियाचु युएईका अध्यक्ष ज्युले पनि आफ्नो मौलिकता लाई संरक्षण गरेर यसरी युवा पुस्ता माझ देखाउन सकेकोमा खुसी हुँदै यसको संरक्षण हामीले गर्नुपर्ने हामीले यसरी नै विविध कार्यक्रमहरु गरेर जनचेतना फैलाउनु पर्ने बिचार राख्नु भएको थियो । त्यसै गरि कार्यक्रमका प्रमुख अतिथि विक्रम वाजिहाङ ज्युले युमा साम्यो महासभाले यस्तो मौलिक चाडपर्व गरेर यो लोप हुँदै गएको मौलिकता येवा साम्बा मुन्धुमहरु देखेर हामीले हाम्रो समुदायबाट यी लोपहुन लागेका संस्कार संस्कृतिहरु संरक्षण गर्नुपर्ने साथै यस बिषयमा राज्यले पनि हाम्रो समुदायको लागि सुबिधा र हाम्रो मौलिक ऐतिहासिक मुन्धुमी स्थलहरु संरक्षण गरेर याक्थुङ समुदायलाई सहयोग गर्न यसै कार्यक्रमबाट अनुरोध गर्नु भएको थियो र उहाँले आज आएर आफैलाई याक्थुङ लिम्बूको अनुष्ठान वास्तविक यस्तो रहेछ आज आफुलाई यश कार्यक्रममा सहभागी हुन पाउँदा भाग्यमानि त ठान्नु नै भयो र प्रत्यक्ष देख्न र बुझ्न पाउँदा गर्व लागेको र युमा साम्यो महासभा युएईलाई हार्दिक आभार गर्दै धन्यवाद दिनु भएको थियो ।
यश तङ्नाम कार्यक्रममा सयौको संख्यामा याक्थुङ याक्थुङ्माहरु आफ्नो मौलिक भेषभुसा पहिरनमा सजिएर उपस्थित भएका थिए, साथै अन्य गैर याक्थुङ समुदायको पनि बाक्लो उपस्थिति रहेको थियो उक्त कार्यक्रममा युएईमा रहनु हुने स्थानीय कलाकार ज्युहरुले सांस्कृतिक कार्यक्रममा गायक सुन्दर लिम्बू ज्युले याक्थुङ लाजे लिम्बुवान ,राम साईली दिलै खोलेर भन्ने गीत गाउदै उपस्थित पाहुनाहरुलाई मनोरञ्जन दिएर नचाएका थिए त्यस्तै गायक मिलन वम्जनल ज्युले ईलामे शहर चियाबारी राम्रो त्यै परो घर हाम्रो भन्दै सबैलाई अतितका यादहरु सङ्गै नचाएका थिए त्यस्तै गायक, सुरेश लामा ज्युले तिम्रो मायाले गरेर पागल बनायो भन्ने बोलको गीत गाउदै सबै मायामा पागल नबन्न भन्दै छमछमी नचाएका थिए र गायिका सुस्मिता चाम्लिङ राइ र सुन्दर लिम्बू को डुईट गीत “उकाली चडौला ओराली झरौला” तिम्रो लागि हो भने ज्यानै दि दिउमला भन्दै प्रेमिल भावनामा सुन्दर गायन प्रस्तुत गर्नु भएका थियो । त्यस्तै गायक पवन स्याङबो ज्युले पनि बादल बर्षा बिजुली सावनको पानी चिसो चिसो मैसम छ तातो जवानी भन्दै उपस्थिति तरेमा तरेबा नालिगेन थाङ्बेन सिसागेन मेन्छिनहरुलाई जवानीको ताक्रम बढाई दिएका थिए , भने नृत्यकार विना खापुङ लिम्बूले स्वागत नृत्य सङ्गै लाईदिउकी माया छपक्कै विचार चोगे है भन्दै सबै तरेबाहरुलाई च्यालेज दिएकी थिईन्, अन्य नृत्यकार मनिषा खाम्दाकले गैरी खेतको सिरै ढल्यो वर्षा यामको दरौतीले भन्दै नृत्यमा छमछमी स्टेज सजाएकी दिईन भने नृत्यकार सुजता कुरुम्बाङले “तारेगा नङ्वा ओ युमा माङ वारो भन्दै सम्पुर्ण लिम्बुहरुलाई नृत्यको माध्यमबाट सचेत गराइन् अर्का बाल नृत्यकार एलिना आङ्देबे खेप्साम्मे खेम्साम्मे निहि निवा मेदानेन् साप्ला मेन्निते निसाम हिम पेगीरो भन्दै सम्पुर्ण याक्थुङ लिम्बूलाई नृत्यबाट अनुरोध गरिन् यस्तै मनोरञ्जनात्मक कार्यक्रमहरूले चासोकको वातावरणलाई अझै उत्साहपूर्ण बनाएको थियो। विशेष गरी याक्थुङ लिम्बूहरुको मौलिक मुन्धुम गीत हाक्पारे, ख्याली, यालाङ, केलाङ प्रदर्शनले कार्यक्रमलाई साच्चिकै याक्थुङ लिम्बूहरुको मौलिकता झल्काएको थियो भने युएईमा प्रथमतः युमासाम्यो महासभा युएईले साम्बालाङ जुन याक्थुङ लिम्बू समुदायमा लोपहुदै गईरहेको यो अवस्थामा प्रदेशमा रहेर नि उक्त नृत्य देखाईएको थियो तसर्थ यो एउटा तङ्नाम दिवश मात्रै नभएर यो याक्थुङ लिम्बू समुदायको पुर्खाहरुले युगौयुग बाट बचाई ल्याएको आफ्नो अस्तित्व ,धर्म, सस्कार, परम्परा, रितिरिवाज र रहनसहन चलन पनि हो यस्लाई हामीले संरक्षण, प्रबर्द्धन र प्रदर्शन गर्नु हाम्रो युवा पुस्तामा पनि यस बारे जागरुप हुनुपर्छ भन्ने हो यिनै सास्कृतीक मौलिक नाच–गानहरूले उक्त कार्यक्रममा सहभागीहरूलाई आफ्नै गाउँघरमा रहेझै मोहित पारेको र सांस्कृतिक अनुभूति दिलाएको थियो ।
उक्त कार्यक्रम सन्चालकमा सस्थाका महासचिव रस्ना चङ्सु सुब्बा र उप–महासचिव द्व्य बुद्ध लिङ्देनले कार्यक्रम सन्चालन गर्नुभएको थियो भने यस कार्यक्रमलाई मुख्य संयोजकको जिम्मेवारीमा संस्थाका वरिष्ठ उपाध्यक्ष गोबिन्द लुङ्फुङ्वाले निर्वाह गर्नु भएको थियो उहाले मौलिक सस्कारलाई हामीले जिवन्त राख्दै नयाँ पुस्ता लाई नि यसरी नै सिकाउदै लानुपर्ने विचार राख्नु भएको थियो भने ओैपचारीक कार्यक्रमको समापन गर्दै उक्त कार्यक्रमका सभापति श्री राम योङहाङ “बैदारे ठुले” बाट हामी याक्थुङ लिम्बूहरु जतासुकै छरिएर रहे पनि हामीले हाम्रो पुर्खाहरुले जोगाई ल्याएको हाम्रो परम्परा, रहनसहन, भाषा, लिपि, धर्म, सस्कारहरु बिर्सन हुदैन यो जिम्मेवार हामीले लिनुपर्ने बिचार राख्दै आउदो दिनहरुमा पनि यस्तै मौलिक कार्यक्रमहरु निरन्तर गर्नुपर्ने र उक्त कार्यक्रम सफल बनाउन प्रायोजक गर्नु हुने भिविन्न संघसस्था र सहयोगी महानुभावहरुलाई विशेष धन्यवाद व्यक्त गर्दै युमा साम्यो महासभा नेपालका अनुरुप युमा साम्यो महासभा युएईले पनि प्रत्येक बर्षको मंसिर १ गतेलाई नै आधिकारिक चासोक थिसोक तङ्नाम मनाउने जानकारी गराउदै उक्त कार्यक्रम समापन गर्नु भएको थियो ।
उक्त तङ्नाममा याक्थुङ साम्लो पालाम गायक श्री चेसुङ ईलामेली अमर र गायिका सुश्री गंगा सिङ्जाङ्गो डुईट पालाम गायनले कार्यक्रममा माघेनी मेला, पुषे मेला, बालचतुरे मेला मच्छिन्द्र मेलामा धान नाचेको अनुभुती गराएको थियो भने उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण कलाकार, नृत्यकार ज्युहरूलाई साथै सहयोगी प्रायोजक ज्युहरु प्रति कृतज्ञता स्वरूप कार्यक्रमका मुख्य अतिथि साथै विसिष्ठ अतिथि ज्युहरुको हातबाट सम्मान पत्र प्रदान गरिएको थियो । साथै उक्त तङ्नाममा टाढाबाट आउनु भएको पाहुनाहरूलाई याक्थुङ लिम्बू मौलिक विधि अनुसार सम्मानपूर्वक विदाई गरिएको थियो ।
अन्त्यमा, संस्थाका महासचिव रस्ना चङ्सुले उपस्थित सबैको आर्थिक, नैतिक र बौद्धिक सहयोगले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताउँदै, आगामी दिनहरुमा समेत मौलिकता संरक्षणका, सम्बर्द्धन साथै अन्य गतिविधिमा तपाईहरुको साथ-समर्थन र सहयोग जारी रहने अपेक्षा लिदै युमा साम्यो महासभा युएई हरेक ठाउँमा आफ्नो जिम्मेवारी ग्रहण गर्नेछ भन्दै अनौपचारीक कार्यक्रमलाई समापन भएको घोषणा गरेकी थिईन उक्त कार्यक्रममा युएईमा छरिएर बस्नुहुने याक्थुङ लिम्बू साथै गैर याक्थुङहरुको करिब ३०० को हाराहारीमा उपस्थिति रहेको थियो ।




