आदिवासी

महान विचारक गोरे व. खपाङ्गीको आठौं स्मृति सभा सम्पन्न

चन्द्र मादेन 'आन्छन'

काठमाण्डौ भाद्र ११ मङगलवार, नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा गोरे व. खपाङ्गी फाउण्डेशनको आयोजनामा फाउण्डेशनका अध्यक्ष हुम थापा मगरको सभापतित्वमा पूर्व मन्त्री गोरे वहादुर खपाङ्गीको आठौं वार्षिक स्मृति सभा सम्पन्न भएको छ ।

उक्त सभाको प्रमुख अतिथिमा प्रतिनिधि सभाका उप सभामुख ईन्दिरा राना, विशेष अतिथिहरु – नागरिक उड्डयन मन्त्रालय गुम्वा विकास समितिका भिक्षु मेघङ्कर स्थविर, मुनी विहारका भिक्षु गरुको स्थविर/भन्ते, अतिथिमा संविधान सभाका कान्छा सदस्य रामकाजी महर्जन लगायत गन्यमान्य व्यक्तित्वहरुलाई आसन ग्रहण गराईएको थियो । प्रमुख अतिथि राना मगरद्धारा पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा दिवंगत खपाङ्गीको स्मृतिमा सामुहिक १ मिनेट मौनधारण गरी कार्यक्रम सुरुवात गरिएको थियो ।

प्रमुख अतिथि ईन्दिरा राना र संविधान सभाका कान्छा सभासद महर्जन दुवै वक्ताहरुले आज मुलुकको संविधानमा समावेशी, समानुपातिक, आरक्षण आदि उत्पीडित जातिको लागि जति पनि उपलब्ध भएका कुराहरु सुरुवाति दिनमा महान विचारक गोरे व. खपाङ्गीले उठाउनु भएको र मुलुकमा एकाधिकारवाद, यथास्थितिवादको विरुद्ध वुलन्द आवाज उठाउनुभएको थियो भनेर खुलेर प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा द्वय भिक्षुहरु मेघङ्कर स्थविर र गरुको स्थविरलाई अध्यक्ष थापा मगर र स्व. खपाङ्गीको परिवारहरु (छोरा, वुहारी र छोरी) को हातवाट केहि रकम र मायाको चिनो भिक्षुहरुको मन्त्रोचारणका साथ पुन्य दान उपहार दिईएको थियो । फाउण्डेशनका सचिव खड्ग सरु मगरले उद्घोषक गर्नु भएको थियो भने, स्वागत मन्तव्य सदस्य पूर्ण राना राना मगरले गर्नुभएको थियो, उक्त कार्यक्रममा समाजसेवी डा. विष्णु कुमार सिंजाली मगरलाई तांम्र पत्रले सम्म्मान गरिएको थियो । अन्त्यमा, उक्त समारोहको अध्यक्ष हुम थापा मगरले कार्यक्रममा आउनुहुने सवैलाई धन्यवाद दिएर कार्यक्रम विसर्जन गर्नुभएको थियो ।

स्मरणीय रहोस – स्व. गोरे वहादुर खपाङ्गी २०४६/४७ मा तत्कालीन नेकपा मालेमा विद्रोह गरी आदिवासी जनजाति मङ्गोलको हतहितको लागि भनी जेहाद छेड्दै क्रान्तिको विगुल वजाउनु भएको थियो ।

त्यसपछि राष्ट्रिय जनमुक्ति पार्टी खोली महासचिव हुदै हिन्दुकरणको विरुद्ध दंशै वहिस्कार अभियानै चलाउनु भएको थियो र पछि पूर्वराजा ज्ञानेन्द्रको शासन कालमा मन्त्री पनि हुनुभएको थियो ।

Related Articles

Back to top button