आदिवासी

किरात याक्थुङ चुम्लुङको अध्यक्षमा गोविन्द लिम्बु निर्वाचित, महासचिवमा अमर तुम्याहाङ

१६ चैत २०८२,
आदिवासी याक्थुङ/लिम्बुहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङको अध्यक्षमा गोबिन्द बहादुर लिम्बु (आङ्बुहाङ) निर्वाचित हुनु भएको छ । झापा जिल्लाको भद्रपुरमा सम्पन्न १२ आँै राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष सहित ३९ सदस्यीय नयाँ संघीय कार्यसमिति निर्वाचित गरेको हो ।

समितिको तीन उपाध्यक्षमा निरन्ती तुम्बापो, योगेन्द्र पालुङवा र चक्र येक्तेन अभिषेक र महासचिवमा अमर तुम्याहाङलाई चयन गरेको छ ।

त्यसै गरी उपमहासचिवमा भवानीविक्रम सम्बहाम्फे, तीन सचिवहरुमा लक्ष्मण लावती (मेची भूगोल), जीवन प्रकाश सेर्मा (कोशी भूगोल) र सङ्गीता सुब्बा (लिम्बुवान भूगोल)लाई छानेको छ । कोषाध्यक्षमा कुमार जबेगु निर्वाचित हुनु भएको छ ।

ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, ओखलढुङगा र कास्की जिल्ला प्रतिनिधिहरूका प्रतिनिधिहरु सम्मिलित महाधिबेशनबाट सदस्यहरुमा गङ्गा राई सेर्मा (झापा), धर्मराज लक्सम्बा (झापा), सरस्वती तुम्बाहाङफे (इलाम) राम कुमार योङहाङ (इलाम) लाई छानेको छ ।

महाधिबेशनबाट निर्वाचित सदस्यहरुमा फूल माया नेम्बाङ (पान्थर), महेन्द्र कुमार आङदेम्बे (पान्थर), रीता मादेन (ताप्लेजुङ), बालचन्द्र आङबुहाङ (ताप्लेजुङ), सेसेहाङ हुक्पा चोङबाङ (तेह्रथुम), मनकुमार लिम्बु (सङ्खुवासभा) निर्वाचित हुनु भएको छ ।

निर्वाीचत अन्य सदस्इहरुमा कमलदिप तिगेला सुब्बा (धनकुटा), इन्द्र कुमारी आङ्बो (धनकुटा), धनकुमारी लिम्बु (सुनसरी), मोहन कुमार लिम्बु (सुनसरी), प्रवेश मिभक (मोरङ), डिल्ली माया थोक्लिहाङ योङहाङ ( काठमाडौँ), धन कुमार काम्बाङ (काठमाडौँ), विष्णु माया सिङ्गक (ललितपुर), टेक बहादुर लावती (ललितपुर), राम बहादुर लिम्बु (भक्तपुर), सीता हुक्पा चोङबाङ (भक्तपुर) हुनुहुन्छ ।

लिम्बुवान प्रदेशबाट मधुराज केरुङ (पिएचडी) टङ्क माया लिम्बु, नरेन्द्र राज केरुङ, जितेन साङसेन पन्धाक, सागर केरुङ, मुना लिम्बु, नेवा ताम्सालिङ प्रदेशबाट भिम प्रसाद सुब्बा, राम कुमार सम्बाहाम्फे निर्वाीचत हुनुभएको छ ।

१२ औँ महाधिवेशनको बन्द सत्रमा लिम्बुवान आन्दोलनः कोशी नाम खारेजी र लिम्बुवान स्थापनाको कार्यदिशा, राज्यको अतिवादी धार्मिक दलाल पूजीवादी अतिक्रमण विरुद्ध मुक्कुम्लुङ बचाउ आन्दोलन, नेपालमा आदिवासी अधिकार तथा संस्था ऐनको आवश्यकता, याक्थुङ समुदायको मृत्यु संस्कार परम्परा, विचलन र प्रभाव, याक्थुङ भाषा, शिक्षा, डिजिटलाइजेसनको वर्तमान अवस्था विषयक छलफल भई बिभिन्न प्रस्ताव पारित गरेको छ ।

महाधिवेशन पछि झापामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार महाधिवेशनले १८ बुँदे प्रस्ताव पारित गरेको छ । नवनिर्वाचित महासचिव अमर तुम्याहाङका अनुसार

महाधिबेशनले प्रदेश १ को नाम कोशी राखिएकोमा सो प्रति असहमति प्रकट गर्दै ‘लिम्बुवान, किरात’ प्रदेश हुन पर्ने माग दोह¥याएको छ ।

प्रदेश सभामा भएको लिम्बु र मैथिली सरकारी कामकाजको भाषा विधेयक अविलम्ब पारित गर्नू पर्ने माग पनि महाधिवेशनले गरेको छ ।

याक्थुङ-लिम्बु आदिवासीहरूको थातथलो प्रथाजनित पुख्र्यौली आस्थाको पवित्र भूमि मुक्कुम्लुङमा केबलकार निर्माण गर्न राज्यले सशस्त्र सुरक्षा बल खटाइ मुन्धुमी आध्यात्मिक क्षेत्रको सैनिकीकरण गरी सन्त्रासपूर्ण वातावरण बनाएकाले राज्यले ती सुरक्षा फौज तुरुन्त हटाउन महाधिवेशन माग गरेको छ ।

याक्थुङ-लिम्बु आदिवासीहरूको मुन्धुमी स्थल इम्बिरी याङ्धाङवामा स्वतन्त्र, पूर्व सुसूचित सहमति विना नै विभिन्न जलविद्युत आयोजनाका नाममा स्थानीय रैथानेहरूको जनजीवनमा समेत प्रत्यक्ष असर पर्ने, प्राकृतिक विनासको उच्च जोखिम बेहर्नु पर्ने, मुन्धुमीस्थल नष्ट हुने भएकाले इम्बिरी याङधाङवा (तम्बर नदी) क्षेत्रमा निर्माणाधीन जलविद्युत परियोजनाहरूलाई २०८० माघ २५ को सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको दायराभित्र ल्याई आवश्यक प्रक्रिया अघि बढाउन महाधिबेशनले अनुरोध गरेको छ ।

आदिवासी-जनजातिका लागि छुट्टै ‘आदिवासी अधिकार तथा सङ्घ संस्था ऐन’ आवश्यक भएको, याक्थुङ÷लिम्बु आदिवासीहरूको प्रथाजनित÷परम्परागत पुख्र्यौली भूमिलाई रैकरकरण, वनकरण गर्दै भूमि खोसिएकोमा किरात याक्थुङ चुम्लुङको महाधिबेशनले आपत्ति प्रकट गर्दै जनताका नाममा दर्ता भएका जग्गा बाहेकका सम्पूर्ण भूमि फिर्ता गर्न र संवत् १८३१ को सन्धी अनुरूप कायम गर्न महाधिवेशनले विशेष प्रस्ताव पारित गरेको छ ।

Related Articles

Back to top button