आदिवासी

पहिचानको लागि सधैं तयार हुनुपर्दछ: जितेन्द्र राज चेम्जोङ

-चन्द्रगोपाल,

पारिवारिक घुमघामको लागि युके आएका थाकथाकु माबोहाङ चेम्जोङ वंश उत्थान संघ नेपालका महासचिव जितेन्द्र राज चेम्जोङले सम्पूर्ण चेम्जोङहरु याक्थुङ लिम्बुभित्रको एक थरी भएकोले याक्थुङ तथा लिम्बु पहिचानको लागि सधैं तयार हुनुपर्ने बताएका छन् । चेम्जोङ परिवार यूकेले गत २४ अगष्ट २०२४, शनिबार अल्डरसटमा उहाको स्वागतको लागि आयोजना गरेको एक भेटघाटमा उक्त कुरा भनेका हुन् ।

चेम्जोङ परिवार यूकेका अध्यक्ष नेत्र चेम्जोङको अध्यक्षतामा भएको उक्त भेटघाट कार्यक्रममा महासचिव चेम्जोङले भने चेम्जोङ परिवारको सयङ संस्थाभित्र कुनै पनि राजनीतिक दल र कुनै पनि धर्मको गुन्जायस हुनु हुदैन । संसारमा हामी जहासुकै पुगे पनि हाम्रो जरा चेम्जोङ हो । बाहिर हामीले राजनीति गरे पनि र आस्था अनुसारले धर्म माने पनि हाम्रो संस्थाभित्र आएर हाम्रो संस्थालाई राजनीतिक र धार्मिक रंग दिनु हुदैन । हाम्रो संस्थालाई विशुद्द चेम्जोङहरुको संस्था बनाउनु पर्दछ । उनले भने राजनीति, विजनेस, साहित्य, कला जताजता चेम्जोङ वन्धुहरुले प्रगति गरिरहेका छन् भने सहयोग गर्ने हाम्रो संस्थाको उद्देश्य हुनुपर्छ ।

चेम्जोङहरुले युमालाई मुख्य शक्तिको रुपमा मान्ने गरेको पनि प्रष्ट पारेका छन् । युमा र थेबा भनेको माथिबाट झरेको शक्ति भन्ने बुझिने पनि बताए ।

सोदुङ्गेन लेप्मुहाङ, माबोहाङ, इमानसिङ चेम्जोङहरुले शुरुवात गरेका याक्थुङ पहिचानलाई निरन्तर अघि बढाउने जिम्मा चेम्जोङहरुको कांधमा पनि आएको छ, भने।

त्यसैगरी, चेम्जोङ वंशावली पुस्तकको दोस्रो संस्करणको सम्पादन कार्य तीव्रगतिमा भैरहेको पनि जानकारी गराएका छन् । उनले चेम्जोङ माङ्गेन्ना यक च्याम्भुजङको जग्गा किन्ने पक्रियामा धार्मिक हस्तक्षेप भएको भन्दै गुनासो पोखेका छन् । चाडै यो पक्रिया टुंगोमा पुग्ने भन्दै आसावादी पनि देखिए ।

चेम्जोङ सयङको केन्द्रीय सदस्य देउमान चेम्जोङ, यूकेका निवर्तमान अध्यक्ष रुद्र चेम्जोङ लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको सन्चालन सचिव सईन्द्र चेम्जोङले गरेका थिए ।

Related Articles

Back to top button