दशैं र आदिवासी विषयक अन्तरक्रिया सम्पन्न

गत २५ सेप्टेम्बर २०२५ का दिन दर्शै मनाउन ईन्कार गरेको कारण झूण्डाएर मारिएका सहिदद्धय राम्लिहाँग र रिदामाका १५९ औं स्मृति दिवस तथा दशैं र आदिवासी विषयक अन्तरक्रिया कार्यक्रम उत्साहपूर्वक सम्पन्न भयो ।
दशैं परित्याग तथा मौलिक चाड संचेतना मन्चको आयोजना सो कार्यक्रम भएको हो । भर्चुवल अन्तरक्रियामा डा. कृष्ण भट्टचन, आङकाजी शेर्पा, नन्द कन्दङ्वा र सालिक राईले प्रस्तुती राखेका थिए । उनीहरुको प्रस्तुती लगतै करिब ७ दर्जन सहभागीहरुले प्रश्न राखेका थिए भने कहीले थप जानकारी दिएका थिए ।
कार्यक्रममा नेपालका विभिन्न जिल्ला, देश विदेशबाट एवं धेरै जातजातिबाट सहभागिता रहेको थियो । विगत ७ बर्षदेखि नियमित आयोजना हुदै आएको अन्तरक्रियामा प्रस्तावित अपिल साथै यस पटकको ७ बुंदे घोषणापत्र जारी गरेको छ ।
अभियानकर्ता निमा पङ्सुवाको सभापतित्व रहेको कार्यक्रमलाई मन्चका संस्थापक मध्येका एक अमित थेवेले संचालन गरेका थिए । यस बर्ष पनि दशैं टिकाको दिन धनकुटा चुलिबन स्थित निर्माण भएको सास्कृतिक शहिद राम्लिहाँङ र रिदामाको प्रतिमामा माल्याअर्पण गरि स्मृति सभा गरिनेछ भने युके आसफोर्डमा पनि भेला भई शहिदहरु प्रति श्रद्धान्जली सभा र दशैको बारेमा चर्चा गरिने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।
यस्तो छ घोषणा–पत्र
घोषणा–पत्र
२५ सेप्टेम्बर २०२५
दर्शै मनाउन ईन्कार गरेको कारण झूण्डाएर मारिएका सहिदद्धय राम्लिहाँग र रिदामाका १५९ औं स्मृति दिवस तथा आदिवासी र दशैं विषयक अन्तरक्रिया कार्यक्रममा देशविदेशबाट ७४ जनाको उत्साहजनक सहभागिता रहयो, सबै जातजातिहरुको सामुहिक उपस्थितीमा ब्यापक छलफल र बहस पश्चात निम्न ७ बुंदे घोषणा–पत्र जारी गर्दछः
१. दशैंको कारण वर्णाश्रममा नपर्ने आदिवासीहरु शोषित पीडित बनेको, औपनिवेशिक मानसिकता निर्माण भएको, गरिबी बढेको कारण यी तमाम शोषणबाट मुक्त हुनको निमित्त जर्बरजस्त लादिएको दशैंलाई परित्याग गर्नुपर्ने निष्कर्ष ।
२. विद्यालयमा दशैं टिका नलगाई दिन अनुरोध गर्ने, दबाब दिने, त्यस्ता विद्यालयमा आफ्ना बालबच्चा नपढाउने ।
३. आदिवासीहरुले टिका नलगाउने, दशैं नमनाउने अरुलाई पनि नमान्न आग्रह गर्ने तर धार्मिक सहिष्णुतालाई सम्मान गर्ने ।
४. प्राविधिक रुपबाट दशैं पूर्णरुपमा छोड्न नमिल्ने अवस्था भएको खण्डमा कम्तिमा नयाँ बालबच्चालाई टिका नलगाई दिने अर्थात दशैंको प्रभाव नदिने ।
५. प्रत्येक बर्ष दशैंको नजिक नेपाल आदिवासी जनजाति महासंघ तथा जातिय उत्थान संगठनलाई सहज र सरल भाषामा दशैं हाम्रो नभएकोले नमनाउनु भन्ने शन्देशको सम्झाउनी अपिल जारी गर्न आग्रह गर्ने ।
६. दशैंलाई अनर्थ र अनावश्यकीय ढंगले मनाउदा ठूलो खर्चको कारण आदिवासीहरु प्रतिदिन गरिबी हुदै गएकोले सबैलाई सचेतना दिने ।
७. प्रत्येक बर्ष दशैं टिकाका दिन सांस्कृतिक सहिद त्रय राम्लिहाँङ, रिदामा र लालसेर सेन्दाङको स्मृति सभा गर्ने ।
– दशैं परित्याग तथा मौलिक चाड संचेतना मन्च





