आदिवासी

लिम्बु संस्था किरात याक्थुंग चुम्लुङ आस्फोर्डको छैटौं अधिवेशनबाट सुन्दर लिङथेप निर्वाचित

केन्द्रीय सदस्यमा टङक येङदेन पून दोहोरिने

– चन्द्रगोपाल चेम्जोङ ‘लाहाङ’
किरात याक्थुङ चुम्लुङ आस्फोर्डको आईतबार सम्पन्न छैटौं अधिवेशनले सुन्दर लिङथेपको अध्यक्षतामा २७ सदस्यीय कार्य समितिको निर्वाचित गरेको छ । चुम्लुङको केन्द्रीय सदस्यमा वर्तमान केस टङक येङदेनलाई नै सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

पूर्व अध्यक्ष डम्मर सिङगक अध्यक्ष, लाहाङ चेम्जोङ सचिव र टङ्क येङदेन सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नयां कार्य समितिको चयन गरेको हो । निर्वाचित उपाध्यक्षहरुमा तुलबिर वनेम र दिवस थोप्रा, सचिवमा लाल्हाङ थलङ, सहसचिवमा नरेसबिक्रम नेम्बाङ, कोषाध्यक्षमा सन्त फाबेन, सहकोषाध्यक्षमा रबिन्सन मादेन, भाषा तथा साहित्य सचिवमा सिशिर सम्बाहाङफे, सास्कृतिक सचिवमा माक्सति ओख्राबो, सास्कृतिक उप-सचिवहरुमा धन कुमार थलङ, गोकुल लिबाङ, राजेन्द्र नेम्बाङ र सदस्यहरुमा, डम्बर खापुङ, बुद्दिबहादुर जवेगु, राईबहादुर मादेन, निसुमा मुसाहाङ, ज्ञानु फुरुम्बो, जितेन्द्र चेम्जोङ, सुक तुम्रोक, भगवति लिम्बु, नर माखिम, सुरेन्द्र थेबे, प्रकाश चोङबाङ, शान्ति लिम्बु, अनिता मादेन, टकेन्द्र थेबे, बन्दुबिक्रम थेबे सर्वसम्मत निर्वाचित भएका छन् ।

सह-सचिव डम्बर खापुङले वाचन गरेको सांगठानिक प्रतिवेदन र सह-कोषाध्यक्ष सन्त फावेनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सघन छलफल पछि पास गरिएको छ । उपाध्यक्ष काजि साम्यूले उक्त छलफल र वहसको सहजिकरण गरेका थिए ।

कार्यक्रममा अतिथिहरु चुम्लुङको केन्द्रीय सल्लाहकार पदम आङ्बुहाङ, पूर्व महासचिवहरु गणेश इजम, छत्र वनेम, पूर्व सचिव विस्वासदिप तिगेला, पूर्व कोषाध्यक्ष देब हुक्पा चोंगवाग लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष सोदिप थोप्राले विदाई तथा बन्दसत्रको समापन मन्तव्य राख्नेक्रममा आफूले गरेका कार्यहरुको फेहरिस्त सुनाए । उनले शाखाले कल्याणकारी कोषको स्थापना गरेको, अभिलेख कार्डको शुरुवात गरेको जस्ता महत्वपूर्ण कार्यक्रमहरु आफ्नो कार्यकालमा शुरुभएको बताएका छन् ।

अध्यक्ष सोदिप थोप्राको अध्यक्षता र सहसचिव डम्बर खापुङको सन्चालनमा सम्पन्न भएको अधिवेशनको खुल्लासत्रमा स्वागत मन्तव्य उपाध्यक्ष सुन्दर लिङथेपले र हेल्थ एन्ड सेफ्टिको निर्देशन उपाध्यक्ष काजि साम्यूले गरेको अधिवेशनले नेपालबाट आएका गायक तथा याक्थुङ सांस्कृतिक अभियन्ता जीवन केदेमलाई सम्मान पनि गरेको थियो।

Related Articles

Back to top button