युके विशेष

नेपाली ड्राईभिङ ईन्ट्रक्टर एसोसियसन युकेको बार्षिक साधारणसभा सम्पन्न

नगेन्द्र नेम्बाङ,

लन्डन, गत २८ जुलाई २०२४ का दिन अल्डर्सटस्थित नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन (एनडिआइए) युकेको बार्षिक साधारण सभा सम्पन्न भएको छ।

ताम बहादुर ढेगाको अध्यक्षतामा उक् सभा सम्पन्न भएको हो। कार्यक्रम अध्यक्ष ताम ढेगा निबर्तमान अध्यक्ष होम राना र संस्थापक अध्यक्ष थर्क सेनले सामुहिक रुपमा पानसमा दिप प्रजलन गरि औपचारिक रुपमा कार्यक्रम समुद्घाटन गरेका थिए भने सचिव तेज पुनले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष निर्मल सिरिसले आर्थिक बिबरण प्रस्तुत गरेका थिए। उक्त प्रत्तिबेदन बैठकमा उपस्थित सबै सदस्यहरुले सहर्ष पारित गरेका थिए । साधारण सदस्य र आजिवन सदस्य शुल्कको बारेमा बृहत छलफलमा मेजर रिटाइर्ड भोलामान राइ, थर्क सेन, नगेन्द्र नेम्बाङ्ले सदस्यता शुल्कको बारेमा केही प्रश्न राखेता पनि आगामी अधिबेसन सम्मका लागि पहिल्येकै शुल्क यथावत राख्ने निर्णय पारित गरिएको थियो।

कार्यक्रमको शुभ अवसरमा नया सदस्य द्वय एडिआइ चन्द्र रसाइली र बुद्ध थापा मगरलाइ अध्यक्ष ढेगाले खदा ओडाइ सम्मान तथा सस्थामा स्वागत गरेका थिए । एसोसिएसनले अगामी मार्च महिनामा डिभिएसए बाट गेस्ट स्पिकर (प्रबक्ता ) ल्याएर ज्ञानमुलक कार्यक्रम गर्ने भनि बैठकले पारित गरेको थियो । ताम ढेगाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राज बिस्टले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सचिव तेज पुनले सन्चालन गरेका थिए । कार्यक्रमको दोस्रो चरणमा नेपालबाट आएकी गायिका रेनुका भट्टराइले बिभिन्न नेपाली लोक दोहोरी गीत प्रस्तुतिले भरपुर्ण मनोरन्जन दिलाएका थिए ।

Related Articles

Back to top button