युके विशेष

पत्रकार महासंघ युके शाखाद्धारा राजदुत घिमिरेलाई स्वागत तथा भेटघाट

लन्डन । गत २१ फेब्रुवरी २०२५ का दिन युकेका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई नेपाल पत्रकार महासंघ युके शाखाले स्वागत गर्यो ।

शाखा अध्यक्ष विमला सेनेको नेतृत्वमा शुक्रबार साँझ लन्डनस्थित नेपाली दूतावास भवनमा पुगेर शाखा पदाधिकारीहरुले राजदूत एवम् धर्मपत्नी सरिता न्यौपाने घिमिरेलाई स्वागतसहित शिष्टाचार भेट गरेका हुन् ।

महासंघका तर्फबाट अध्यक्ष सेनेले राजदूत घिमिरे दम्पत्तिलाई खादा र पुष्पगुच्छाले स्वागत गरिन । उनले स्वागत गर्दै सफल कार्यकालको निमित्त शुभ कामना पनि दिइन । आवश्यक परेको खण्डमा महासंघले दूतावाससँग सहकार्य गर्न पनि तयार रहेको बताइन् ।

परिचयात्मक कार्यक्रमपछि बोल्दै राजदूत घिमिरेले व्यस्तता बावजुद आफ्नो स्वागत गरेकामा महासंघलाई धन्यवाद दिए । राजदूत घिमिरेले युकेका पत्रकारहरु पत्रकारितामा सक्रिय र सशक्त रहेको थाहा पाउँदा खुशी लागेको बताए । ‘देश र समाज निर्माणमा तपाईंहरुको भूमिका महत्वपूर्ण छ । आफ्नो व्यवसायिक धर्म सधैं निर्वाह गर्नु नै हुनेछ’– राजदूतले भने ।

सो अवसरमा अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी, महासचिव खेमराज रानाभाट, सचिव विश्वासदीप तिगेला, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, सल्लाहकारद्वय नरेश खपाङ्गी मगर र नवीन पोखरेल, सदस्यहरु नगेन्द्र नेम्वाङ, बम थापा सूर्यवंशी र गोमा राना एवं केन्द्रिय प्रतिनिधि दूत पुनको उपस्थिति थियो । उक्त सौहार्दपूर्ण भेटमा पत्रकारहरुले विभिन्न सुझाव दिएका थिए भने हालसालै देखि नेपालबाट युकेमा अध्ययन गर्न आएका विद्यार्थीहरुको समस्याको विषयमा निक्कै गम्भिर छलफल पनि भयो ।

Related Articles

Back to top button