मनोरञ्जन

गायक गंगाराज राईको एकल साँझ शनिबार हुँदै

६ अक्टोबर, आसफाेर्ड । बेलायतमा गंगाराज राई एकल साँझ २०२३ शनिबार हुने भएको छ । नेपाली कला साहित्य मञ्च, यूकेको आयोजनामा ७ अक्टोबर शनिबारका दिन कार्यक्रम हुने भएको हो ।

गायक गंगाराज राईको सांगीतिक यात्रा दुई दशक पूरा भएको अवसरमा आयोजना हुन लागेको यो कार्यक्रम लाइभ ब्याण्ड सहित सेन्ट साइमन हल आसफाेर्डमा हुनेछ ।

नेपाली राजादूतावास बेलायतबाट गजेन्द्र राई विशेष प्रतिनिधिको रूपमा उपस्थिति हुने कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बा र वरिष्ठ गीतकार बुद्धवीर लामाको उपस्थिति रहनेछ ।

सगरमाथा गोरखा नेपाली समाज, आस्फोर्ड र नेपाली कलाकार प्रस्तोता समाज, बेलायतसँगको सहकार्यमा हुने कार्यक्रममा बेलायतभरिका प्रतिनिधि संस्था सहभागी हुनेछन्। कार्यक्रममा गैरआवासीय नेपाली संघ, युके र किरात राई यायोक्खा, बेलायतको विशेष उपस्थिति रहनेछ ।

सांगीतिक कार्यक्रममा गणेश गुरुङ र थिर थापा हार्मोनियम एवं किबोर्डमा, महेश गुरुङ तबलामा, इन्द्र गुरुङ बाँसुरी एवं स्याक्सोफोनमा रहनेछन् । त्यस्तै, रेशम पाचे ढोलक र मादलमा, सुरज गुरुङ लिड गितारमा, विकल थापा रिदम गि४तारमा, होइशेर तामाङ बास गितारमा, प्रभास गुरुङ ड्रममा रहनेछन् । यसका साथै, भायोलिनमा कीथ टायस र एन्थोनी थोन्टर्न रहनेछन् ।

संगीत निर्देशन पपिराज राईले गर्नेछन् भने वाद्यवादकको टोलीमा सांगीतिक समूह प्रज्ना ब्यान्ड समेत सामेल हुनेछ । नेपाली कला साहित्य मञ्च, युकेका सचिव दीपेन्द्र राईले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएका छन् ।

कार्यक्रमको प्रमुख प्रायोजन गुर्खा भान्सा घर, आस्फोर्डले गरेको छ। सह–प्रायोजकमा ग्लोबल मार्ट आस्फोर्ड, रेड प्यारोट एकाउन्टिङ लण्डन, आसिर ज्वेलरी अल्डरसट, लेमन लिफ रेस्टुरेन्ट फोक्स्टन, पिपल मोर्गेज आस्फोर्ड, लक्की ज्वेलरी अल्डरसट, मुस्ताङ मोटर्स फोक्स्टन, युमा हेयर एण्ड ब्युटी सेलुन आस्फोर्ड र गोर्खा भिल्ला आस्फोर्ड रहेका छन् ।

यसैगरी प्रायोजकमा ग्लोबल बुलियन भल्ट आस्फोर्ड, आई फिक्स फर यू आस्फोर्ड, काठमाण्डु ज्वेलर्स आस्फोर्ड, नविन एन्ड नविन ज्वेलर्स अल्डरसट, भेराइटी क्यास एण्ड क्यारी आस्फोर्ड, हिमालयन गोर्खा मिनी मार्केट आस्फोर्ड, स्टोर ९३ आस्फोर्ड, दरबार कक्टेल बार आस्फोर्ड, इन्डिया हाउस आस्फोर्ड र गोर्खा एस पि फोर मिनी मार्केट चाथाम रहेका छन् ।

Related Articles

Leave a Reply

Back to top button