समाचार

पहिचान पुरस्कार २०७९ का लागि उत्कृष्ट आठ पुस्तकहरू छानिए

अक्टोबर ५, लन्डन । पहिचान पुरस्कार कोषले २०७९ कोलागि उत्कृष्ट आठ वटा पुस्तकहरु छनोट गरेको छ । प्राप्त कृतिहरूमध्ये आठ कृति अन्तिम सूचीमा परेको हाे ।

जसमा उत्कृष्ट छनाेट गरिएका पुस्तकहरु थाङ्ग्राः प्रगति राई, आतोओडाः जानुका खतिवडा, रसिया रागः करुणा राई, कामीः मञ्जुल मितेरी, जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा)ः प्रकाश गुरागाईं, मद्घारा मेरो निर्माणः पराजित पोमु, तीन फरक विषय (फोकल्याण्ड युद्धका सिपाही, पहिलो विश्वयुद्घका चिठी र उनै जङ्गबहादुरः श्रीभक्त खनाल र खेमराज रानाभाट र शून्यको मूल्य (सास, साहस र स्नेहको कथा)ः डा. नवराज केसीको रहेको छ ।

काेषले जारी गरेको विज्ञप्ति ।

यसभन्दा अगाडि ९ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ भने पहिचान सम्मानबाट लेखक तथा राजनैतिक विश्लेशक खगेन्द्र संग्रौला सम्मानित भइसकेका छन् । राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथा संग्रह ‘भुइया’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’लाई संयुक्त प्रदान गरेको छ । त्यसैगरी, श्याम शाहको कथा संग्रह पथेर र अनन्त वाग्लेको उपन्यास कदम, अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा पुरस्कार यसअघि प्रदान गरिसकेको छ ।

पुरस्कार राशी ४,०२,००२ (अक्षरेपि चार लाख दुई हजार दुई रुपैयाँ) रहेको छ । जुन नेपालकै सबैभन्दा ठूलो राशी भएको पुरस्कार हाे । विजयी कृति र कृतिकारकाे घाेषणा केही महिनापछि हुने संंस्थापक नरेश काङमाङ राईले जनाए ।

Related Articles

Leave a Reply

Back to top button