समाचार

जनता समाजवादी पार्टी, भक्तपुर जिल्ला समन्न्वय समितिको रूपान्तरण सम्पन्न

गत २५ बैशाक २०८० का दिन मध्यपुर थिमिमा भएको जनता समाजवादी पार्टी, भक्तपुर जिल्ला समन्न्वय समितिको रूपान्तरण/पुनर्गठन भेलाले राजाराम धुकुछुंको अध्यक्षतामा २७ सदस्यीय जि.स.स. पुनर्गठन भयो ।

समितिमा अध्यक्ष राजाराम धुकुछु, उपाध्यक्षमा चन्द्र कुमार योङ्हाङ लिम्बू र लक्ष्मी देवि श्रेष्ठ, सचिव राम सुन्दर ह्याउंमिखा, उपसचिव जितेन के.सि., कोषाध्यक्ष गोपाल सिल्पकार र सदस्यहरुमा रजनी घिमिरे, नानी छोरी बाडे(सपना), पुर्ण भक्त बाडे, नवीन श्रेष्ठ, सानुकाजी कौरी, राम बहादुर तिलिङ, जमुना महर्जन, राम कृष्ण सिलाकार, विशाल सांगाछें, अजित राई, सुर्यकुमारी थेवे, बिरेन्द्र सम्वाहाम्फे, विवेक कर्माचार्य, मिना सुचिकार, ईन्द्र आङ्देम्बे, चन्द्रदेव ठाकुर, रेशु प्रधानाङ्ग, चेतनादेवी राजोपाध्याय, सजना श्रेष्ठ, निशा श्रेष्ठ र बुद्धि बहादुर बिस्वकर्मा रहनु भएको छ ।

पार्टीका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा, केकस कृष्ण बहादुर घ:जु, नेवा:.रा.स.उपाध्यक्ष शंकर लिम्बू, बागमती प्रदेश समितिका पूर्व सदस्य जयकृष्ण दुवाल, जनता समाजवादी नेवाः सङ्घका उपाध्यक्ष द्वय प्रभात सागर सिंह प्रधान र राजेश प्रसाद श्रेष्ठ अतिथिको रूपमा रहनु भएको थियो ।

Related Articles

Back to top button