समाचार

इतिहासकार नेम्बाङकाे ‘लिम्बु इतिहास’ विमाेचन

अक्टोबर ४, काठमाडौं । इतिहासकार कृष्णविक्रम नेम्बाङद्वारा लिखित ‘लिम्बू इतिहास: तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ नामक पुस्तक विमोचन गरिएको छ ।

बुधबार ललितपुर थसिखेलस्थित तागेरा रेस्टुरेन्टमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पुर्व कुलपति वैरागी काइलाको प्रमुख आतिथ्यतामा ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ पुस्तक विमोचन गरिएको हो ।

कार्यक्रममा मदन पुरस्कार विजेता भगीराज इङ्नाम, प्राध्यापक बालकृष्ण माबुहाङ, साहित्यकार राधिका हुक्पा चोङ्बाङ, येहाङ लाओती, युग पाठक, किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, कियाचु पुर्व केन्द्रीय अध्यक्ष अर्जुन नुगो, डा. कमल तिगेला, राम मादेन लगायतको उपस्थितिमा सार्वजनिक गिरएकाे थियो ।

नेम्बाङले पुस्तकमा लिम्बू र तिब्बती जातिका अन्तरसम्बन्ध केलाएका छन् । यसमा लिम्बू जाति को हुन् र कस्तो मिश्रण छ भनेर देखाएका छन् । अर्को अध्यायमा लिम्बू र इलाम तथा सिक्किमका लेप्चा जातिबीच रहेको ऐतिहासिक सम्बन्धलाई पनि मिहीन रूपमा प्रस्ट्याएका छन् । उनले अर्को अध्यायमा विजयपुरका विजयनारायणको पहिचान खुट्याउने प्रयास समेत गरेका छन् ।

मुन्धुम एकेडेमीले प्रकाशित गरेको पुस्तकलाई मुन्धुमविद डी.बी. आङ्बुङले सम्पादन गरेका छन् । २ सय पृष्ठको उक्त पुस्तकको मूल्य ५५० रुपैयाँ राखिएको छ ।

Related Articles

Leave a Reply

Back to top button