मनोरञ्जन

‘लगन जुराई’ काे भिडियो सार्वजनिक

२६ मे, काठमाडौँ । नेपाली गीत ‘लगन जुराई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार सुकु लिम्बू युटुब च्यानलद्वारा सार्वजनिक गरिएको भिडियोको निर्देशन धिरज लिम्बुले गरेका हुन् ।

किरण चेम्जोङको शब्द, सेमिहाङ सिङ्गकको संगीतमा विकास लिम्बुले स्वर दिएका छन् । हङकङ आसपासमा छायांकन गरिएको भिडियोमा सुप्रिया लिम्बु, मुथी लिम्बुले अभिनय गरेका छन् भने सुक्मिता केरुङ, माया मगर, धिरज लिम्बू लगायतको पनि अभिनय रहेको छ ।

छायांकन, सम्पादन मज्जाको राई र सुकु लिम्बुको निर्माण रहेको भिडियोको सार्वजनिक कार्यक्रममा मौसम इम्बुङ, युगल पोमु र मिलन संकर लगायतको उपस्थित रहेको थियो ।

भिडियो हेर्नुहोस् –

Related Articles

Leave a Reply

Back to top button