समाचार

अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने

काठमाडौँ, २४ फागुन : जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ ।

आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय भएको सो पार्टीका प्रवक्ता मनीषकुमार सुमनले जानकारी दिनुभयो । मन्त्रीको टुङ्गो लगाउने तथा कतिपय अन्य विषयमा निर्णय हुन भने बाँकी रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आजको बैठकले उपप्रधानमन्त्रीसहित अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button