समाचार
Trending

पहिचानवादीहरूले धरान एक्स्पाेकाे ब्यानरबाट ‘काेशी’ हटाए

२३ फेब्रुअरी, विजयपुर । धरान एक्स्पाेकाे ब्यानरमा लेखिएको ‘काेशी’ प्रदेशको नाम पहिचानवादीहरूले हटाएका छन् । सञ्जालमा ब्यानरमा ‘काेशी’ लेखिएकाे भेटेपछि उनीहरूले विराेध गर्दै हटाएका थिए ।

‘काेशी लेखेको पाएपछि हामीले विराेध गर्दै ब्यानरबाट हटाएका हाैँ,’ राष्ट्रिय जनमुक्ति पार्टीका नेता विष्णु थाम्देनले भने, ‘पहिचानविहीन एकल गाेत्रीय नाममा हाम्रो असहमति रहेकाेले विराेध निरन्तर रहनेछ ।’

पहिचानका लागि युवा सुनसरीका नेता शिवाहाङ राईले समेत दिउँसो धरान-१६ स्थित रङ्गशालामा पुगेर युवाहरूले विराेध गर्दै ‘काेशी’ नाम हटाएको बताए । उनले गत वर्षको प्रदेश नम्बर एकको संसदले ‘काेशी’ नामकरण गरेपछि संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलका नेताहरू र हस्ताक्षर गर्ने ८२ सांसदविरुद्ध प्रदेश नम्बर एक पुनः नामाङ्कन संयुक्त संघर्ष समिति र पहिचानवादी राजनीतिक एवम् सामाजिक सङ्गठनहरू आन्दोलित भइरहेको जनाए । त्यस्तै, १४ जिल्लामा ‘काेशी’ लेखिएका सरकारी र निजी बाेर्ड, ब्यानर, स्मारक लगायतहरू हटाउने या मेट्ने अभियान चलिरहेको उल्लेख गरे ।

सुनसरी उद्योग वाणिज्य सङ्घद्वारा आयोजित दोस्रो धरान एक्स्पो उद्योग, व्यापार मेला भोली शुक्रवार देखी धरान–१६ रङ्गशालाको खाली स्थलमा हुरु हुँदैछ । सँस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेको एक्स्पो फागुन ११ देखी २३ गते सम्म सञ्चालन हुनेछ ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button