समाचार

वाइफिन धरानको संसदीय अभ्यास तालिम सम्पन्न

७ जनवरी, विजयपुर । आदिवासी जनजाति युवा महासङ्घ, नेपाल (वाइफिन), उपमहानगर समिति धरानकाे आयोजनामा तीन दिने संसदीय तालिम सम्पन्न भएको छ । युवा एवम् विद्यार्थीहरूलाई लक्षित गरेर तालिम आयोजना गरिएको हाे ।

धरान उपमहानगरपालिकाकाे सहयोगमा चुम्लुङ हिम धरानमा भइरहेको तालिममा विभिन्न युवा, विद्यार्थी र जातीय सङ्गठनहरूबाट तीन दर्जन बढी सहभागी थिए भएको सचिव समृत मादेन लिम्बुले बताए । बुधबार तालिमको समापन समारोहलाई सम्बाेधन गर्दै धरानका उपमेयर अइन्द्रविक्रम बेघाले प्रशिक्षणले आगामी दिनमा सामाजिक र राजनीतिक नेतृत्वहरू तयार हुने विश्वास व्यक्त गरे । उनले सिमान्तकृत समुदायहरूकाे सशक्तीकरणकाे पक्षमा आफू सदैव रहेको बताए ।

तालिमले समुदायको सबलीकरणमा सहयोग पुग्ने वाइफिन नगर अध्यक्ष प्रतापसिं तामाङले जनाए । तालिममा माेहन श्रेष्ठले मुख्य प्रशिक्षक रहेका थिए । उनले सहभागीहरूलाई संसदीय प्रक्रिया, नीति निर्माण, राष्ट्रिय शासन प्रणाली, युवा सहभागिता र नेतृत्व क्षमता विकासबारे प्रशिक्षण दिएका थिए । त्यस्तै, प्रेसिका निराैला र आइज्याक खड्काले पनि तालिम दिएका थिए ।

कार्यक्रम धरान उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाकी अधिकृत सिर्जना नेपाल, वाइफिन सल्लाहकारहरू, नेफिन धरान अध्यक्ष हेमराज जिमी याक्खा, पूर्वअध्यक्ष चित्र थापा मगर लगायतकाे उपस्थिति रहेको थियोे ।

Related Articles

Back to top button