युके विशेष

युकेको एबरडिनमा आगोलागिबाट २ नेपाली चेलीको निधन

लण्डन । बेलायतको स्कटल्याण्ड राज्यको एबरडिनमा गत २९ जनवरी २०२४ का दिन आगलागीमा परी दिदीबहिनी शिक्षा र आँचल सुवेदीको निधन भएको कुरा एबरडिनलाईभडटकमन्यूज ले जनाएको छ ।

सुवेदी दिदीबहिनी बस्ने फ्लाटभन्दा विपरीत तर्फको फ्लाटबाट आगोलागि शुरु भएको र सुवेदी दिदीबहिनी दोस्रो तल्लामा बस्ने गरेको जनाएको छ ।

आगलागी भएको थाहा पाएपछि दिदीबहिनी आफ्नो फ्लाटको ढोका बन्द गरी बाहिर निस्कन खोज्दा भर्याङमै धुँवाको मुस्लोमा परी निस्सासिएर उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ ।

दुवैजनाको शरीरमा कतै जलेको पनि नपाइएको जनाईएको छ ।

डा यज्ञ सुवेदीका तीन छोरीमध्ये जेठी विवाह भएर अलग्गै बस्थिन् भने दुई दिदीबहिनी बाबाआमाबाट करिब १० मिनेटको दुरीमा रहेको सो फ्लाटमा बस्ने गर्थे ।

News sources: https://www.aberdeenlive.news/news/aberdeen-news/two-women-who-died-aberdeen-9072268

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button