प्रवास

नेपाली समाज कतारमा नयाँ नेतृत्व

दोहा, कतार : जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास संगठन नेपाली समाज कतारको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार दोहा कतारको ग्राण्ड मलस्थित लालिगुरास रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनबाट मनिष यादवको नेतृत्वमा सर्वसम्मत आगामी एक कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा नवाङ्ग फुरी शेर्पा, सरोज यादव, देवी मगर, महासचिवमा पंकज राई, सचिवमा ई. विजय यादव, कोषाध्यक्षमा जय प्रकाश यादव, सहकोषाध्यक्षमा अर्जुन यादव, प्रेस संयोजकमा रामएकवाल राम रहेका छन् । त्यसतै कार्यसमितिको सदस्यहरुमा उदय मण्डल, शिवनाथ यादव, लक्षमण ठाकुर, संजय यादव, उपेन्द्र पासवान, मनोज चौधरी, बालेश्वर यादव, लक्षमण कापर, नर बहादुर बिक, संजीव कुमार यादव, सन्तोष यादव, अकबर अलि राइन, अर्जुन बहादुर आले मगर, हरिदेव यादव, यम बहादुर मगर, हरिशचन्द्र यादव रहेका छन् ।

नयाँ कार्यसमितिलाई संस्थाका वरिष्ठ सल्लाहकार प्रेम मण्डलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । कार्यक्रममा मनिष गोस्वामीले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । समाजका उपाध्यक्ष देवी मगरले स्वागत मन्तव्य राखेको खुला सत्रमा प्रमुख सल्लाहकार डिएन मगरले संस्थाको बारेमा विस्तृत जानकारी गराएका थिए । एनआरएनए तथा कतारमा स्थापित विभिन्न संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना दिएका थिए । अधिवेशनमार्फत विविध गतिविधिहरूमा विशेष सहयोग पुर्‍याउने संस्थाका पुरानो कार्यसमितिलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

मनिष यादवले सहजीकरण गरेको खुला सत्रको समापन गर्दै समाजका अध्यक्ष तेज मोक्तान तमाङले आफू अध्यक्ष बन्दै गर्दा समाजलाई हिमाल, पहाड, तराईमधेशलाई समेटेर अगाडि बढेको र अगामी दिनमा जसपा नेपालसँग आवद्ध रही संगठनप्रति सदैव उचित र सकारात्मक सल्लाह सुझाव दिँदै अगाडि बढने बताए ।

– तिलु शर्मा पौडेल/मध्यान्ह

Related Articles

Leave a Reply

Back to top button