समाचार

जसपा ताप्लेजुङ अध्यक्षमा मादेन

७ जनवरी, ताप्लेजुङ । जनता समाजवादी पार्टी नेपालकाे ताप्लेजङ जिल्ला कार्य समिति पुनर्गठन भएको छ । पुनर्गठनले कृतिमान मादेनलाई पुनः अध्यक्षमा चयन गरेको छ ।

शनिबार ताप्लेजङको फुङलिङमा पार्टी केन्द्रीय सदस्य मचिन्द्र बेघाकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले मादेनको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हाे । समितिका उपाध्यक्षद्वयमा भक्त येङ्देन र भरत गुरुङ, सचिवमा श्री लिङ्खिम, उपसचिवद्वयमा अरुण लेछर्वो र सरोज कङ्लिवा लगायत निर्वाचित भएका छन् ।

पुनर्गगठन कार्यक्रमा जसपा,नेपाल प्रदेश नम्बर एक उपाध्यक्ष प्रेम वनेम, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लाओती, उपाध्यक्ष सन्जय मेवाहाङ राई, मुख्यसचिव केदार धिमाल, कार्यकारीणी समिति सदस्य सुर्य तमु, सदस्य सुजित ओख्राबो, सल्लाहकार मोति पालुङवा लगायतको उपस्थिति रहेकोे थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button