राजनीतिसमाचार

‘पुरानाले काम गर्न नसक्दा नयाँ पहिचानवादी शक्ति उदाएको’ – डा. लाओती

दल दर्ता गर्ने तयारी हुँदै

२५ जून, इटहरी । पुराना पहिचानवादी राजनीतिक दलहरूले काम गर्न नसके नयाँ शक्ति उदाउने पहिचानवादी माेर्चाका संयाेजक प्रा.डा. महेन्द्र लाओतीले बताएका छन् । उनले समाज यथास्थितिवादमा नफस्ने भन्दै सबै राजनीतिक धारमा नयाँ विकल्पकाे खाेजी भइरहेको बताए ।

इटहरीमा आयाेजित संयुक्त पहिचानवादी माेर्चाकाे प्रशिक्षणमा बाेल्दै डा. लाओतीले नेपालमा पहिचानवादी शक्तिबीचमा पनि विकल्पकाे खाेजी भइरहेको बताए । उनले भने, ‘कम्युनिस्ट र लाेकतान्त्रिक धारमा जस्तै पहिचानवादीहरूमा पनि जनताले छनाेट गर्न थालेका छन् । मधेश आन्दोलनपछि तत्कालीन उपेन्द्र यादवको मजफाे शक्तिमा पुगे । पछि, संसपासँग मिलेर संसफाे हुँदै जसपा हुँदा चित्त बुझ्दाे काम नगर्दा सिके राउतकाे जनमत पार्टी आयाे । पश्चिम तराईमा पनि रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टी आयो । लिम्बुवानमा क्षेत्रमा पार्टीको सिट घटबढ भइरहेको देख्न सक्छौं ।’

डा. लाओतीले तीन ठूला दल भ्रष्टाचार, अनियमितता, दलीय स्वार्थमा फसेकाले नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारहरूकाे उदय हुनुले पनि नेपाली समाजमा वैकल्पिक शक्तितर्फ आकर्षण कम नरहेको सुनाए । उनले ०८४ मा शक्तिलाई संस्थागत गर्न चाँडै चार पार्टी र घटक मिलेर दल दर्ता गर्न लागिरहेको खुलासा गरे । ‘जनताको मनाेभावनालाई बुझ्दै पहिचानवादी मतलाई एकत्रित गर्न चाँडै चार घटक मिलेर दल दर्ता गर्दैछाैँ,’ डा. लाओतीले भने । उनले आफूहरूकाे बटमलाइन १० जाेड एक प्रदेशको संरचना रहेको स्पष्ट पारे ।

संयुक्त अधिराज्य अमेरिकामा लामाे समय प्राध्यापन गरेर फिरेका लाओतीले पहिचानवादीहरूकाे भरपर्दो शक्ति चाहिएकोले संयुक्त माेर्चा बनाएको स्पष्ट पारे । एक वर्षअघि प्रतिनिधिसभामा १२ सिट भएको तत्कालीन जनता समाजवादी पार्टीमा फुट आएपछि दुई समूहमा विभाजन भएको थियोे । तत्कालीन कार्यकारी अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा जसपा, नेपाल र सङ्घीय अध्यक्ष अशाेक राई नेतृत्वमा जसपा बनेको थियोे । दुवै समूहमा नरहने नेताहरूले बैशाख २७ गते पहिचानवादी माेर्चा बनाएका थिए । जसको संयाेजकमा सल्लाहकार डा. महेन्द्र लाओेतीले रहेका थिए ।

गत पुस महिनामा थप चार राजनीतिक सङ्गठनहरूले माेर्चाबन्दी गर्दै ‘संयुक्त पहिचानवादी मोर्चा’ घाेषणा गरेका थिए ।  प्रा.डा. महेन्द्र लाओती संयोजक रहेको पहिचानवादी मोर्चा, केपी पालुङ्वा अध्यक्ष रहेको नेपाल जनमुक्ति पार्टी, डकेन्द्र सिंह थेगिम संयोजक रहेको प्रदेश नं. १ पुनःनामाङ्कन अभियान समिति र ज्ञानबहादुर गुरुङ सङ्घीय अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको प्रदेश नं १ समितिले माेर्चाबन्दी घाेषणा गरेका थिए ।

माेर्चाकाे इटहरी उपमहानगर समिति घाेषणा

यसैबीच, संयुक्त पहिचानवादी माेर्चाकाे इटहरी उपमहानगर समिति घाेषणा भएको छ । कियाचु हिमकाे भवनमा साेमबार सम्पन्न भेलाले राजेन्द्र दाहालको संयाेजकत्वमा ३९ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सहसंयाेजकमा नरेन्द्र खिम्दिङ, दिपराज खिम्दुङ राई, वेदनारायण हुक्पा चाेङवाङ र संघर्ष राई, सदस्य सचिवमा झहरमान थुप्पाेकाे थेवे छन् । सदस्यहरूमा दिपराज राई, महेन्द्र फावेन, साजन खजुम, अनिस बान्तावा, अनिस चाम्लिङ, मनमाया लिम्बु, शक्ति तामाङ, सुमन भण्डारी, बुधन लाल थिङ, पूर्ण बहादुर सम्बाहाम्फे, दिपक महत, सनम शेर्पा, विजय खड्का, प्रवीण सुब्बा, रामप्रसाद चाैधरी छन् ।

माेर्चाकाे इटहरी उपमहानगर समिति ।

त्यस्तै, अन्य सदस्यहरूमा गणेश मास्वा लिम्बु, पारु राई, सागर लिम्बु थक्लुङ, सुरज लामा, मिरा थेबे लिम्बु, शर्मिला थेबे लिम्बु, लीला माया लिम्बु, भीमा तिम्सिना, टिका कुरुम्वाङ लिम्बु, सिर्जना नुगाे, मनु थेबे, महेन्द्र आचार्य, महादेव चाैधरी, जीवन कुमार लिवाङ, दिलीप कुमार चाैधरी, नारायण चाैधरी र सन्त कुमार चाैधरी रहेका छन् ।

भेलामा माेर्चाका घटक राजनीतिक दलका नेता कार्यकर्ता, साँस्कृतिक अभियन्ता, सामाजिक कार्यकर्ता र सञ्चारकर्मीहरूकाे बाक्लो उपस्थिति रहेको थियोे ।

Related Articles

Back to top button