आदिवासी

युकेमा बार्षिक चोमेन सेवा सम्पन्न

गत ३० मे २०२६ का दिन युकेमा रहने किरात धर्मावलम्बीहरुले बार्षिक चोमेन तथा (साक्मुरा वादेम्मा) गालिश्राप बगाएका छन ।

आसफोर्डको भिक्टोरिया पार्कमा भब्य रुपमा गालीश्राप बहन्ती, ताम्भुङ तेत्त्ला, युमाथेबा, अक्वानामा सहित येत नाम्धुङ लाधुङ सेमि सेवा, विश्व शान्तिको लागि पुजा अनुष्ठान सम्पन्न भएको थियो ।

स्थानीय आसफोर्ड बरो काउन्सिल (जिल्ला मेयर) विन्टन मिचेलको प्रमुख आतिथ्यता र विभिन्न संघसंस्थाका प्रतिनिधीनीहरुको आतिथ्यता रहेको थियो ।

युकेका बिभिन्न ठाँउबाट करिब २०० बढी भक्तजनहरु उपस्थित रहेको कार्यक्रमको संयोजक किरात धर्म तथा सहित्य उत्थान संघ युके का उपाध्यक्ष केबाहाङ चेम्जोङ रहनुभएको थियो ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समितिको प्रमुख आयोजनमा सम्पन्न सेवा बर्शेनी गरिदै अएको समिति अध्यक्ष राजेन्द्र खिम्दिङले बताए । युकेमा रहेका किरात धर्मालम्बिहरुले प्रत्यक बर्ष ब्यापक रुपमा चोमेन सेवा गर्ने गरेको छ । किरात धर्म तथा साहित्य उत्थान संंघ युकेमा सन् २००९ मा गठन भई क्रियाशिल रहेको छ ।

– राजेन्द्र केरुङ

Related Articles

Back to top button