लिम्बुवान स्मारिका विमोचन
आसफोर्ड,
गत २० जुन २०२६ का दिन युकेको राजधानी लण्डन नजिक अल्डरसट टाउनमा लिम्वुवान नागरिक स्मारिका विमोचन भएको छ ।
लिम्बुवान नागरिक समाज युकेद्धारा प्रकाशित स्मारिकाको प्रमुख अतिथि तथा लिम्बुहरुको संस्था किरात याक्थुङ चुम्लुङ युकेकी अध्यक्ष कमला लिम्बु र पहिचानवादी मोर्चा युकेका संयोजक देवी बहादुर तुम्बाहाम्फेले विमोचन गरेका हुन ।
स्मारिकामा समेटिएका विषयबस्तुहरुको बारेमा सम्पादक मोहनगोपाल चेम्जोङ लाहाङ ले जानकारी गराए भने समिक्षक त्रय विश्वास दीप तिगेला, राजेश थापा टेक र गणेश ईजमले बृहत देखि शुक्ष्म सम्मको चर्चा गरे ।
कार्यक्रममा नेपालबाट पाल्नु भएका गायक कलाकार तथा पत्रकार राजेन्द्र केरुङलाई सम्मान गरिएको थियो । सय पृष्ठको स्मारिकामा लिम्बुवान सम्बन्धिका महत्वपूर्ण लेखरचना तथा समाजका गतिविधिहरुलाई समेटिएको छ ।
समाजका अध्यक्ष विजय लुम्फूवाको सभापतित्व रहेको विमोचन समारोहलाई सचिव ज्ञानु फूरुम्बोले संचालन गरेका थिए । लिम्बुवान नागरिक समाज सन् २०१० फेब्रुवरी २ मा स्थापना भई निरन्तर क्रियाशिल रहेको छ ।




