आदिवासी

आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित, २१ सदस्यीय सचिवालय गठन

८ चैत २०८२, आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको ११ औ महाधिवेशनबाट निमा लामा ह्योल्मो महासंघको अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

महाधिबेशनले एक वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ उपाध्यक्ष र ८ सचिव लगायतका पदाधिकारी सहितको २१ सदस्यीय नयाँ सचिवालय निर्वाचित गरेको छ ।

नव निर्वाचित अध्यक्ष निमा लामा ह्योल्मो बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री हुनु हुन्छ । ह्योल्मो समुदायबाट पहिलो पटक मन्त्री बन्नु भएका ह्योल्मो बिगत २५ बर्ष देखि आदिवासी जनजाति सवालमा सक्रिय रहदै आउनु भएको छ ।

संयुक्त राष्टसंघीय आदिवासी स्थायी मन्च, जलवायु परिवर्तन सम्बन्धि अन्तराष्टिय सम्मेलनमा समेत उहाँले प्रतिनिधित्व गरी सक्नु भएको छ ।

उहाँकै पहलमा संयुक्त राष्टसंघका विशेष समाधिक्षक जेम्स अनायालाई नेपाल भ्रमण गराउन बिशेष भूमिका निर्वाह गर्नू भएको थियो ।

उहाँ महासंघको एक कार्यकाल विदेश सचिव र कार्यबाहक अध्यक्ष समेत भइसकनु भएको हो ।

महासंघद्धारा गठन भएको निर्वाचन आयोगका संयोजक अधिवक्ता रामजी कोंग्रेनका अनुसार किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचोलाई पराजित गरी ह्योल्मो निर्वाचित हुनु भएको हो । ह्योल्मोले ३९ मत प्राप्त गर्नू भएको थियो । उहाँको प्रतिस्पर्धी जीवन हाताचो राइले ११ मत ल्याएर पराजित हुनु भएको छ ।

राजधानीको स्वयम्भूस्थित स्टार व्याङक्यैटमा शनिवार राती २ बजे बाट प्रारम्भ भएको मतदानमा ह्योल्मो विजयी हुनु भएको हो ।

यस अघि नै वरिष्ठ उपाध्यक्षमा तमु ह्युल छोँज धिका महासचिव डिल बहादुर गुरुङ निर्विरोध निर्वाचित हुनु भएको छ ।

यसरी नै तीन जना उपाध्यक्षमा शान्ति देवान, चिनीमाया माझी र मनमाया छन्त्याल पनि निर्विरोध निर्बाचित हुनु भएको छ ।

बाँकी चार उपाध्यक्षमा ३७ मत सहित अमृत बहादुर सुनुवार, ४० मत सहित आङपासाङ शेर्पा ३५ मत सहित चन्द्रलाल राजभण्डारी र राजकुमार सिंह दनुवारले ४२ मत ल्याएर निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा मुकुन्द पहरी १४ मत ल्याएर पराजित हुनु भएको थियो ।

महासचिवमा भने विमल सारु मगरले २९ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँले किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेनलाई पराजित गराउनु भएको हो । एक्तेनले २० मत ल्याउनु भएको थियो ।

त्यस्तै उप महासचिवमा गणेश कुमाल निर्विरोध निर्वाचित हुनु भएको छ ।

कोषध्यक्षमा मिङ्मा कामी शेर्पाले २९ मत ल्याएर निर्वाचित हुनु भएको छ । शेर्पाले खेमराज भूजेललाई पराजित गराउनु भएको हो । भुजेलले १८ मत ल्याउनु भएको थियो ।

आठ जना सचिवमा महेन्द्र दुराले २४ मत, सन्त बहादुर चेपाङले २९ मत, शिवचन्द्र मण्डलले २५ मत, शैलेन्द्र कुमार ताजपुरियाले २४ मत, चकचकी राजबंशीले ४१ मत, छेवाङ बुम्छोक गुरुङले २९ मत महिला सचिबमा जसनी मण्डल २२ मत, विना माम्वा तामाङले २६ मत ल्याएर बिजयी हुनु भएको छ ।

सचिवमा दावा छिरिङ शेर्पाले १४ मत, मातृका धिमाल १५ मत, प्रदीप बोटे १२ मत, सूर्य बहादुर जिरेलले ७ मत, लाक्पा वाङचुक भोटेले १४ मत ल्याएर पराजित हुनु भएको छ ।
सह कोषध्यक्षमा प्रभातकुमार चौधरी निर्विरोध हुनु भएको छ ।

महासंघको विधान अनुसार एक जाति एक भोटका आधारमा भएको निर्वाचनमा महासंघमा आवद्ध ५६ जातीय संस्था मध्ये ५१ जातिय संस्थाका प्रतिनिधिले मतदानमा भाग लिनु भएको थियो ।

– News sources: indigenousvoice.com

Related Articles

Back to top button