२८ सेप्टेम्बर, विजयपुर । आदिवासी जनजाति युवा महासङ्घ नेपाल(वाईफिन), उपमहानगर परिषद धरानले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । वर्षाकाका बावजुद महासङ्घले शनिबार धरानको सिरिजङ्गा चाेकदेखि बरगाछीसम्म सरसफाइ गरेको थियोे ।
युवाहरूलाई सामाजिक कार्यमा जागरुक गर्ने उद्देश्यले महासङ्घले सरसफाइ कार्यक्रम आयोजना गरेको वाईफिन धरान अध्यक्ष प्रतापसिं याेञ्जन तामाङले बताए । उनले बिहान ७ बजे सुरु भएको कार्यक्रममा महासङ्घका पदाधिकारी सदस्यसँगै नेपाल प्रहरी, ट्राफिक प्रहरी र उपमहानगरपालिकाका सरसफाइ मजदुरहरूकाे समेत सहभागिता रहेको जनाए ।
महासङ्घकाे नयाँ कार्य समिति दुई हप्ता अघि गठन भएको थियोे । पहिलो कार्यक्रममार्फत स्वास्थ्यसँगै जनतासँग जाेडिने हेतुले कार्यक्रम आयोजना भएको सचिव समृत मादेन लिम्बुले जनाए । कार्यक्रममा वडा नम्बर ८, १५ र २ समितिहरूकाे विशेष सहयोग रहेको थियोे ।