चुम्लुंग बेजिङस्टोकले मनायो चासोक तंगनाम
लण्डन ।
गत १४ डिसेम्बर २०२४ का दिन बेजिङस्टोक ईलाकामा रहने लिम्बू समुदायले लिम्बुहरुको महान पर्व चासोक तङनाम भव्यताका साथ मनाएका छ्न।
बेजिङस्टोक साखा अध्यक्ष शान्ति माया नाल्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा चुम्लुंग केन्द्रीय समितिको प्रतिनिधि महेश वनेम, स्थानीय समाज बिएनसि का ओम गुरुङ, किराँत राई यायोखा साखा अध्यक्ष शिबधोज राई, चुम्लुंगका पुर्वअध्यक्ष तिल बिक्रम सम्बाहाम्फे, सुभास जबेगु, साखाका पुर्वअध्यक्ष लिङथेप, अमृता पालुङवा सबेनहिम, चन्द्र बेघा, रसमुर साखा का पुर्वअध्यक्ष व्यापारी जित मेनयाङ्बो र रिडिङ साखाको पुर्वसचिव एल बि सुब्बा, समाजसेवी निशा शर्मा, स्थानीय व्यापारी बल थापा लगायतको उपस्थिती थियो ।
दिपप्रज्वलनबाट सुरुवात भएको औपचारिक कार्यक्रम संचालन सचिब धन माबो गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष ज्ञानेन्द्र मेन्याङ्बो ले राखे र हेल्थ एन्ड सेफ्टी जानकारी प्रीया लिङथेपले दिएकी थिइन ।
उक्त दिन समाजको वार्षिक साधरण सभा पनि भएको हुनाले साखाको प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो ।
अनौपचारिक कार्यक्रम संचालन प्रीया लिङथेप र दिपा लिम्बूले संचालन गरेका थिए । स्थानीय कलाकारहरुबाट केलाङ, हाक्पारे र पालामले सभा बाधेका थिए भने नेपाल देखि आएका गायक बर्विन शेर्मा र गायिका गँगा फेयकले भरपुर मनोरंजन गराएका थिए ।
साथै राफल ड्र मा सबैको ध्यानाकर्षण बढेको थियो ।
बिहान १० बजे किराँत धर्म अनुसार कल्पना आङबुहाङ वाराङहाङ र चन्द्रकला लिम्बूद्वारा पुजापाठबाट सुरुआत गरिएको कार्यक्रम रातको १० बजे सम्म चलेको थियो ।
साउण्ड सिस्टममा दिलिप लिम्बूले जिम्मा लिएको थियो ।
– बिजय लिङथेप