राजनीति

धनकुटाबाट ४ स्वतन्त्र सहित १८ जनाको उम्मेद्वारी

नारायण कुमार राई/धनकुटा,६ माघ । फागुन २१ मा हुने प्रतिनीधि सभाको निर्वाचनका लागि धनकुटाबाट पूर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राई सहित १८ जनाले उमेद्वारी दिएका छन् ।

एक निर्वाचन क्षेत्र रहेको धनकुटाका लागि १४ दल र ४ स्वत्रन्त्र उमेद्वारी दिएको मुख्य निर्वाचन अधिकृत हरिसचन्द्र ईङ्नामले जानकारी दिनुभयो ।
एमालेका तर्फबाट राई सहित नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति दिनेश राई,नेपाली कम्युनिष्ट पाटीबाट धर्मराज पौडेल,राष्ट्रिय स्वत्रन्त्र पाटी(रास्वपा)बाट दिनेश भण्डारीले उमेद्वारी दिनुभएको छ ।

त्यस्तै श्रम संस्कृति पार्टीबाट सानबहादुर राई,नेपाल मजदुर किसान पाटीबाट उत्तम साखकर्मी,आम जनता पाटीबाट प्रेम बहादुर थापा,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बालकुमार ताम्लीको उमेद्वारी परेको छ ।
राष्ट्रिय प्रजातन्त्र पाटीबाट बिभत्सु थापा,जनता समाजवाटी पाटीबाट निशान राई,नेपाल कम्युनिष्ट पाटी(माओवादी) बाट रबिन कुमार राई,जनता समाजवाटी पाटी नेपालबाट आईतराज लिम्बूको उमेद्वारी रहेकोछ ।

त्यस्तै राष्ट्रिय परिवर्तन पाटीबाट शालिकराम राई,मंगोल नेशनल अर्गनाईजेशनबाट सागर राई र स्वत्रन्त्र तर्फ मनकुमार योञ्जन,जीतेन्द्र राई,लाक्पा तामाङ र गंगाराम गोम्देन रहनुभएकोछ ।

मनोनयन दर्ता शान्तिपूर्ण र सहज रुपमा आफ्नो उमेद्वारी दर्ता सम्पन्न गरेको प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले जानकारी दिनुभयो ।

कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेको जिल्लामा १ सय १९ मतदान स्थलमा १ सय ६६ स्थायी र २ वटा अस्थायी निर्वाचन केन्द्र रहने निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

Related Articles

Back to top button