प्रवास

बेलायत पढन आएको चार दिनमै एक विद्यार्थीको निधन

गत २९ नोभेम्बर बुधबार मात्र पढ्न बेलायत आइपुगेकी कमला गुरुङको चारदिनमै असामयिक निधन भएको हो ।

२२ जनवरी, १९९२ मा जन्मिएकी उनको स्थायी घर ओरस्ते ४ बिरुवा स्याङ्जामा रहेको बताइएको छ ।

बीपीपी यूनिभर्सिटी वेष्ट लण्डनमा मास्टर्स गर्न आएकी ३१ बर्षकी कमलालाई डिसेम्बर ३ तारिख बिहान पेट दुख्ने, वान्ता र दिसा लागेपछि घरमै तातोपानी ख्वाएर राखिएको थियो ।

दिउसो ३ बजेतिर सिकिस्त भएपछि एम्बुलेन्स बोलाएर रेडिङस्थित रोयल बर्कसायर अस्पतालको इमर्जेन्सी लगियो । तर साँझ ८ बजेतिर अस्पतालका ‘इन्टरप्रेटर’ ले उनको आफन्तलाई कल गरेर कमला बितेको खवर दिएका थिए ।

गुरुङको श्रीमान् भोलि (मंगलबार) दिउँसो बेलायत आइपुग्दैछन् । बेलायतमा यसअघि नेपाली विद्यार्थी सदीक्षा तामाङको पनि अचानक निधन भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button