आदिवासीप्रवासयुके विशेष

युकेका किरात धर्मालम्बीहरुले संयुक्त रुपमा बगाए गालीसराप

युके । गत २० मे २०२३ का दिन किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा स्वीडन शहर स्थित संयुक्त रुपमा आत्मा रक्षा सेवा पुजा (आप्लुङगेन्न ताङसेप चोमेन) सेवा सम्पन्न गरे ।

विश्व शान्ति मावन एकता सकल प्राणी रक्षार्थ तथा चराचर जगत कल्याणका साथ ताङसेप सेवा किरात साम्जिक मुन्धुम र खाजोङ अनुसार सम्पन्न भएको हो । साम्दाङगेन वरुमसावा माङसेवा मंगल सिं लिङदेनज्युको संयोजनमा युके भरिका माङसेवा साबा र माङसेवा सामाहरुको बृहत् उपस्थितिमा साम्जिक मुन्धुम बाचन गरिएको थियो । साक्मुरा वदेमा, माङ साम्माङ, चेयाङ, युमामाङ, थेबामाङ, हिममाङ, अवामा र येतलाधुङ, नाम्धुङसेमी सेवा गरिएको थियो ।

प्रत्येक बर्ष हुने आप्लुङगेन्न ताङसेप चोमेन सेवा यस बर्ष पनि १० ओैं बार्षिक सेवा स्वीडन शहरमा सधै हुदै आएको ठाउँमा आयोजना भएको हो सेवा कार्यक्रममा युके भरिका किरात धर्मलवम्बीहरुको बाक्लो उपस्थितिमा सेवा समापन भयो ।

युके धेरै ब्यस्त हुने भएको कारणले हरेक कार्यक्रम आयोजना गर्नु पर्दा ६ महिना देखि एक बर्ष अघि नै कार्यक्रमको तय गर्नु पर्दछ सबैलाई कार्यक्रम वा सेवाको बिषयमा अग्रिम जानकारी गराउनु पर्दछ । अनि मात्र सबैले समय निकालेर सेवामा भेला हुन सकिन्छ । त्यहि भएर हामीले दस बर्ष अघि देखि बर्षको एक पल्टन सबै भेला भएर चोमेन सेवा गर्ने चलन बसालेका हौं त्यहि अनुरुप अहिले गर्दै आएका छौं । यहि समयमा सबैसंग भेटघाट पनि हुने आफ्ना सेवा गर्ने इच्छा पनि पूरा हुने । त्यहि भएर यसरी नै प्रत्येक बर्ष युकु किरात धर्म लवम्वीहरुको सामुहिक सेवा संचालन गर्दै आएका हौं भनि आयोजक समिति बताउछन ।

किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले किरात धर्मसंग सम्बधित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छन । मुहिङगुम अङसिमाङ राष्ट्रिय बिभुति महागुरु फाल्गुन्द लिङदेनज्युको जन्मजयन्ती, माङगेन्ना, बार्षिक आप्लुङगेन्न ताङसेप चोमेन सेवा गर्दै आएको छ । भने किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको ब्यवस्थापन साथै आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

– ज्ञानु फूरुम्बो

Related Articles

Leave a Reply

Back to top button