१६औ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औं जन्म जयन्ती सम्पन्न

वेलायत । १६औ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४१औं जन्म जयन्ती विविध कार्यक्रम गर्दै भव्यताका साथ संपन्न भयो ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले गत सनिवार वेलायतको अक्सफोर्ड शहरमा किरात धर्म दर्शनका पुनर्संस्थापक, महान समाज सुधारक महागुरु, मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन को स्मृतिमा पुजा आरधना साथै विविध सांस्कृतिक कार्यक्रम सहित जन्म जयन्ति मनाएको हो ।
कार्यक्रमको पहिलो चरणमा विहानै सेवा पूजा कार्यक्रमको संयोजक सस्थाका प्रमुख सेवासाबा साङदाङगेन वरुमसाबा मंगलसिङ लिङ्देनको नेतृत्वमा भएको थियो । बाहिरको देवदेवता (कुदापकुई) सबै पूजी सकिए पछि भित्रका इष्ट देवहरु पूज्ने क्रममा सस्थाका अध्यक्ष राजेन्द्र खिम्दिङ द्वारा मुजुत्लुङको दियो बाली सेवा सुरु गरि सबै उपस्थित सेवासाबा, सेवासामा, साङदाङगेन वरुमसाबा, साङदाङगेन वरुमसामाहरुद्वारा सम्जिक मुन्धुम वाचन गरि सेवा पूजा सम्पन्न गरिएकोथियो ।
सेवा पूजा समापन पछि अपराह्न अध्यक्ष राजेन्द्र खिम्दिङको अध्यक्षतामा भएको जन्म जयन्ती समारोहलाई सस्थाको सचिव पर्वत राईले संचालन गरेका थिए । सस्थाका उपाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक नन्दा चेम्जोङले स्वागत मन्तब्य दिएका थिए भने सस्थाका सह(कोषाध्यक्ष) कुमुद नेम्बाङले महागुरुको जिवनी प्रस्तुत गरेकी थिईन ।
समारोहका प्रमुख अतिथि नेपाली दूतावास लण्डनका प्रतिनिधि दितिय सचिव सन्जोक राईले शुभकामना मन्तव्यको क्रममा वर्तमान अवस्थामा राजदुत नभए पनि संस्थाको हरेक गतिविधिमा आफनो व्याक्तिगत र दुतावासको समावेश हुने वताउनु भयो । त्यसै गरि विशेष अतिथि डि.ले. ईमान मानवोर हुसेन (Deputy Lieutenant Imam Manawor Husen MBE), अन्य अतिथिहरु नेपाल पत्रकार महासंघ युकेकी अध्यक्ष विमला सेने र किरात याक्थुङ चुम्लुङ युकेकी अध्यक्ष कमला सेन्दाङले महागुरुको दिव्यपोदेशको चर्चा गर्दै वहाले सुरु गर्नुभएको विश्व शान्ति तथा मानव एकतालाई ढिलो नगरी अनुसरण गरेमा विश्व शान्ति कायम गर्नु सकिने वताउदै शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा स्थानीय कलाकार(माङ्लाङ समूह संयोजक ज्ञानु फुरुम्बो, लाङदाक सेवारो समूह संयोजक ज्ञान जबेगु ले मांङलाङ सहित सामुहिक नृत्य प्रस्तुत गरेका थिए । त्यसै गरि तमुधी अक्सफोर्डसायरद्वारा रोचक नृत्य लगायत साकेला समूह संयोजक भोज कुमारी राईेले साकेला प्रस्तुत गरेको थिए । साथै नेपाल वाट आउनुभएका कलाकार डि वि लिम्वुको पालाम तथा हाक्पारे गायनले कार्यक्रममा थप रौनक्ता थपिएको थियो ।
कार्यक्रममा गोर्खा नेपाली समाज अक्सफोर्डसायर का पाट्रन मेम्वर Mr Lawrence , एन आर एन ए युकेका महासचिव जुरेन्द्र खजुम, Ret. lieutenant Mr Lory Mitcheall, गोर्खा नेपाली समाज अक्सर्फोडका अध्यक्ष कृष्ण फेम्बो, तमुधी समाज अक्सफोर्डका अध्यक्ष सन्जय गुरुङ सायर, नेपाली समाज अक्सफोर्डसायरका अध्यक्ष दिपा थापा, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सस्थापक अध्यक्ष राम कुमार सिंथेवे लगायत विभिन्न संघ सस्थाको अग्रज ब्यक्तित्वहरु साथै बेलायतका विभिन्न शहरबाट आफ्नो धार्मिक भेषभुषामा उपस्थित भक्तजन, आस्थावन र शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।




