समाचार
जेनजी आन्दोलनलाई गुणात्मक कदम चाल्ने अवसरका रूपमा लिऔँ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजी पुस्ताको आन्दोलनलाई गुणात्मक कदम चाल्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले आन्दाेलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली समेत अर्पण गरे ।
उनले आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमाथिको आक्रमणको न्यायिक आयोग बनाएर निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरुले भ्रष्टाचार विरुद्ध देशभर आन्दोलन गरेका थिए ।




