समाचार

लिम्बु साँस्कृतिक परिषदले मनायो २० ओैँ वार्षिकोत्सव

फेदेन, १७ अप्रिल । कियाचु लिम्बु सांस्कृतिक परिषदले आफ्नो २०औँ स्थापना दिवस मनाएको छ । बुधबार जिल्ला शाखा पान्थरको आयोजनामा स्थापना दिवस सम्पन्न भएको हो । किरात याक्थुङ चुम्लुङ्को विषयगत समितिका रूपमा लिसाप सक्रिय छ ।

पान्थरसहित ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भक्तपुर, ललितपुर, काठमाडौ र चितवनमा समेत आयोजना भएको छ । किरात याक्थुङ चुम्लुङ् संघीय उपाध्यक्ष चन्द्रकुमार आङ्देम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लिसाप संघीय अध्यक्ष सागर केरुङ, लिम्बुवान प्रदेश सदस्य बुद्धराज लिम्बू, जिल्ला अध्यक्ष सुरेन शिशिर केरुङ, थाम्सुहाङ सेवा समाजका अध्यक्ष भवेन्द्र थाम्सुहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना आदानप्रदानसँगै विविध साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको जिल्ला उपाध्यक्ष लिलाप्रकाश जवेगूले बताए ।

Related Articles

Leave a Reply

Back to top button