NRNA Special
Trending

लोडसेडिङ अन्त्यका नायकसंग लन्डनमा साक्षात्कार गर्ने अवसर

बेलायती नेपाली समुदाय उत्साहित, धमाधम टेबुल बुक

लन्डन– नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएका बेला मुलुकलाई लोडसेडिङ मुक्त बनाए । जहाँ बत्ती नै थिएन, त्यहाँ बत्ती पुरयाए । अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ । प्राधिकरण ठूलो घाटामा थियो, नाफामा छ । तर, बिडम्बना सबै जनतामाझ प्रिय कुलमानलाई जिम्मेवारीबाट मुक्त गरियो ।

जिम्मेवारीविहीन भएपछि कुलमान अहिले एक जिम्मेवार नागरिकको हैसियतले ‘उज्यालो नेपाल’ अभियान लिएर विदेशमा छन् । सबै क्षेत्रमा सुशासन, सामाजिक न्याय, गरिबी हटाउन, रोजगारी ल्याउन र निराशालाई आशामा बदल्न उज्यालो नेपाल अभियान लिएर अगाडि बढेको उनको भनाइ छ ।

खाडी मुलुक हुँदै हाल अमेरिका रहेका उनी लन्डन समेत आउँदैछन् । छिट्टै बेलायत आउन लागेका कुलमानसंग एनआरएनए यूकेले आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ गर्ने तयारी गरेको छ। उनलाई पाइपर धुनका साथ स्वागत गरेर नागरिक अभिनन्दन गरिने छ ।

अध्यक्ष प्रेम गाहामगरले घिसिङसंग साक्षात्कार गर्न बेलायतस्थित नेपाली समुदाय निकै उत्साहित भएको बताए । ‘अहिले नै नेपाली संघसंस्थाले २२ वटा टेबल बुक गरिसक्नु भएको छ । तामाङ घेदुङ यूकेका अध्यक्ष हरिसिंह वाइवा (तामाङ) ले मात्र ४० गेष्ट कन्फर्म गर्नु भएको छ’, अध्यक्ष गाहामगरले भने, ‘हामी अन्य ठूला संघसंस्थाहरु र व्यक्तिलाई समेत आमन्त्रण गर्दछौँ। किनकि उज्यालोका प्रतीक र देशलाई केहि गर्छु भन्ने निस्वार्थ भावना भएका व्यक्ति कुलमानसंग साक्षात्कारको अवसर फेरि नआउन सक्छ।’

टेबलमै अनलिमिटेड ड्रिंक्स (बियर, वाइन, ह्वीस्की वा सफ्ट), थ्री कोर्स मील अनि मोना यूके युथको कल्चरल टिमबाट ननस्टप सांस्कृतिक प्रस्तुतिले कार्यक्रम बेजोड हुने  एनआरएनए यूकेका प्रवक्ता डा. कुलप्रसाद कंडेलले बताएका छन् ।

‘अन्तरक्रियापछि मोना यूकेले निरन्तर मनोरन्जन प्रदान गर्नेछ । सधैं कामको व्यस्तताले तनाव भएका बेला वीकेन्ड मनाउन पनि कार्यक्रममा आउनुहोस्’, उपाध्यक्ष तथा कार्यक्रमका प्रमूख संयोजक श्री तीर्थ बहादुर मल्ल (अनिल) ले बताए।

नेपलिज ड्राइभिङ इन्सट्रक्टर एसोसिएसन यूके, गुल्मी जिल्ला समाज यूके, ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी, मगर संघ यूके, इलाम सोसाइटी यूके, धादिङ नुवाकोट समाज यूके, बुटवल सेरोफेरो समाज यूके, प्रथम नौमति बाजा गुल्मी यूके, म्याग्दी ओभरसीज नेपलिज एसोसिएसन यूके (मोना), स्याङ्जा समाज यूके, पांचथर समाज सेवा यूके, किरात याक्थुङ चुम्लुङ यूके, मगर संघ यूके यूएचएसबी ब्रान्च, किरात सुनुवार वेलफेयर सोसाइटी यूके, ओभरसिज नेपाली युनिफाइड सोसाइटी यूके, इन्टेक १९९६, एएफसी गुल्मेली थरभाई यूके, स्यान्डस्ट नेपलिज कम्युनिटी, नेपलिज युथ यूके ड्रागन गाइज लगायत संस्था र व्यक्तिहरुले टेबल कन्फर्म गरिसकेको गाहामगरले जनाए ।

४५० सिट क्षमताको सिटिङ भएकाले तलको लिंकमा गएर बेलैमा टेबुल बुक गराउन उनको आग्रह छ । उनले बेलायतवासी समस्त नेपाली र विशेषगरि भूतपूर्व गोर्खाहरुलाई कार्यक्रममा आउन अपिल गरे । गाहामगरले निमन्त्रणा नपुगे यसैलाई निम्तो मानेर कार्यक्रममा आउन अनुरोध गरेका छन् ।

सो अवसरमा अब नयां वैकल्पिक शक्तिमार्फत राजनीतिमा प्रवेश गर्न लागेको चर्चा भइरहंदा घिसिङले आफ्नो भावी योजना सुनाउनेछन् । साथै सहभागीहरुले उनलाई विभिन्न जिज्ञासा समेत राखेर आफ्ना सुझाव दिन सक्नेछन् ।

अध्यक्ष प्रेम गाहामगरले ०८४ मिसन लिएर चुनावी मैदानमा उत्रने तयारी गरिरहेका कुलमान, बालेन, हर्क, रवी, सन्दुक रुइत, गोपी हमाल, दुर्गा प्रसाईं, खगेन्द्र सुनार लगायतले आफ्नो भेटमा वंशजको नेपाली नागरिकता मुद्दामा साथ दिने प्रतिवद्धता व्यक्त गरेकाले उनीहरुसंग सहकार्य गरेको बताए ।

टेबल अथवा सिट बुक गर्नका लागि

श्री प्रेम गाहा मगर

अध्यक्ष

📞 07833 507666

श्री तीर्थ बहादुर मल्ल (अनिल)

उपाध्यक्ष | प्रमुख कार्यक्रम संयोजक

📞 07453 328716

लिंक :

https://forms.gle/PK3XP9YfbB4wneMU9

Related Articles

Back to top button