युएनडिओको साधारणसभा र एमआईटी फाउण्डेशनसँगको साझेदारी सम्मेलन:डिसेम्बर २०-२१ मा दक्षिण कोरियामा हुने

अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा ८ औं बैठक बसेर बार्षिक साधारणसभा सहित विभिन्न निणर्यहरु पारित गरिएको छ।
बैठकले आगामी बार्षिक साधारणसभा र एमआईटी फाउण्डेशनसँगको साझेदारीमा आयोजित एक दिने सम्मेलन डिसेम्बर २०-२१, २०२५ मा दक्षिण कोरियामा आयोजना गर्ने निर्णय गरेको छ। यो साधारणसभा बिशेष गरेर सँस्थाको बिधान, बजेट, श्रोत बिकास, बिश्वो-ब्यापिकरणको योजना, विभिन्न प्रोजेक्टहरु र एक दिने सम्मेलनका मुख्य एजेन्डामा केन्द्रित रहेन छ।
सँस्थाको बार्षिक साधारणसभा नेपालमा नै गर्नुपर्ने प्रचलन भएता पनि यो बर्ष सँस्था बिकासका सुरुवातीको बर्ष, बिश्वो-ब्यापिकरणको जिम्मेवारी समेत जोडिएकाले डिसेम्बर २०, २०२५ शनिबारका दिन दक्षिण कोरियामा गर्ने निर्णय गरियो। सभा र सम्मेलनको संयोजन संबन्धित क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) ले गर्ने प्रचलन अनुसार सातौँ बैठकले एसियाकी आरसी लक्ष्मी गुरुङलाइ संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो। साधारणसभामा सम्पूर्ण पंजीकृत सदस्यहरु र सोहि दिनसम्म सदस्यता लिनु भएका सबै सदस्यहरुले प्रतिनिधि हुन पाउनुहुनेछ।
युएनडिओ र एमआईटी फाउण्डेशन साझेदारीमा एक दिने सम्मेलन डिसेम्बर २१, २०२५ आइतबार आयोजना गरिएको छ। सम्मेलन र सभा-संबन्धि थप अपडेट युएनडिओ र एमआईटी फाउण्डेशन फेसबुक पेजहरुमा नियमित रुपमा गरिनेछ।
युएनडिओकी सचिव संगीता कार्कीको संयोजकत्वमा बिधान संसोधन समिति गठन गरिएको छ। समितिमा बाँकी सदस्यहरु उहाँले नै मनोनयन गर्नुहुनेछ। बिधानको प्रस्तावित संसोधन मस्यौदा सभाको १ हप्ता या सो भन्दा पहिला नै सबै सदस्यहरुलाइ इमेल-मार्फत पठाइने निर्णय गरिएको छ।
सँस्थाको बिश्वो-बापिकरण योजना तय गर्नको लागि कार्यकारी सदस्य तथा संचार संयोजक कृष्ण केसीको संयोजकत्वमा योजना तय समितिको गठन गरिएको छ। समितिमा कार्यसमिति र सदस्य सबैको सहभागिता रहने छ।
आगामी २ बर्षे आर्थिक बजेट तय गर्न र आर्थिक विवरण प्रस्तुत गर्नको लागि कोषाध्यक्ष उल्का घिमिरेलाइ जिम्मेवारी दिइएको छ। यो पटक प्रोजेक्टहरु, बिभिन्न गतिबिधि समेतलाइ समेटेर बजेट तय गरिनेछ।
त्यसैगरि साधारणसभामा सँस्थाका सबै क्षेत्रका क्षेत्रीय संयोजकहरुले आ-आफ्नो क्षेत्रको योजना र प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ।
सँस्थाका सबै क्षेत्रीय उपाध्यक्षहरुले आगामी दुइ बर्षमा सम्पन्न गर्ने र गर्ने सकिने माइक्रो प्रोजेक्टको संयोजन र सहजीकरण गर्नुहुनेछ। तत्काल पाइप-लाइनमा रहेका एमआईटी फाउण्डेशन संगको साझेदारी प्रोजेक्टको लागि उपाध्यक्ष त्रिलोक गुरुङ र बिगतमा नै सुरु गरिएको भूकम्प राहत प्रोजेक्टका लागि उपाध्यक्ष भोमा लिम्बुले संयोजन गर्नुहुने निर्णय गरिएको छ।




