
लिस्बोन, गत २७ जुलाई २०२५ का दिन युरोपका विभिन्न मुलुकमा छरिएर रहेका याक्थुङ (लिम्बु)हरु वीच पहिलो पटक युरोप स्तरिय भेला सम्पन्न गरेको छ ।
३ बुंदे घोषणापत्र जारी गर्दै भेला सम्पन्न भएको हो । प्रत्येक बर्ष युरोप स्तरीय भेला गर्ने, भेलाको संयोजन युरोपको विभिन्न मुलुकमा गठन भई अस्थित्वमा रहेका किरात याक्थुङ चुम्लुङका अध्यक्ष समुहले गर्ने । लिम्बुवान पूनस्थापनाको निमित्त यथासम्भव विविध कार्यक्रमहरु गर्ने र मुक्कुमलुङ अतिक्रमणको विरुद्धमा जारी आन्दोलनमा एक्यबद्धता जनाउने घोषणापत्रमा उल्लेख गरेका छन् ।
किरात याक्थुङ चुम्लुङ पोर्चुगलको अध्यक्ष रुकमान केरुङ, बेल्जियमका अध्यक्ष बदन योङहाँङ, युकेबाट विश्वास दीप तिगेला र जर्मनी अध्यक्ष सन्चमान जबेगुको शुभ कामना सहित लिस्बोनको आन्जुस स्थित एभरेष्ट रेष्टुरेन्टमा आईताबार साँझ युरोप स्तरिय भेला सम्पन्न भएको हो । कार्यक्रममा चुम्लुङका पदाधिकारी तथा सदस्य, अन्य भाइचारा संगठनका प्रनिनिधीहरुको उपस्थित रहेको थियो ।
दोस्रो चरणमा लिम्बुवान प्राज्ञिक बहसको आयोजना भयो । बहसमा लिम्बुहरुको ऐतिहासिक पत्रको बारेमा वरिष्ठ पत्रकार तथा इतिहासविद राजकुमार दिक्पालले, राजनीतिमा याक्थुङ सहभागिता शिर्षकमा विश्वास दीप तिगेला, स्वायत्त लिम्बुहरुको भूमि गुम्दै गएको विषयमा रोबर्ट लिम्बु, मुन्धुम भित्रका विविध पक्षको सम्बन्धमा प्रेमचन्द्र निङलेखू र पोर्चुगिस नागरिकताको निमित्त पोर्चुगलको खेतीमा नेपालीहरुको श्रम शिर्षकमा किशोर सुब्बाद्धारा कार्यपत्र प्रस्तुत भयो । प्रश्नउत्तरको सेसनमा सहभागिहरुले विभिन्न प्रश्नहरु सोधेका थिए । बहस कार्यक्रमलाई रुकमान केरुङले मध्यस्तता गरेका थिए ।





