आदिवासी

किरात याक्थुङ चुम्लुङ युकेले सिसेक्पा तङनाम मेला भब्य रुपमा मनायो

– सिक्कुम ज्ञानु फुरुम्बो चरपे ।

याक्थुङ लिम्बुहरुको मौलिक पर्ब सिसेक्पा तङनाम बिगत बर्ष झै यो बर्ष पनि भब्यरुपमा मनाएका छन ।

गत १३ जुन २०२४ गते शनिवारका दिन किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा लिम्बुहरुको मौलिक पर्व सिसेक्पा तङनाम कार्यक्रम भब्य रुपमा आयोजना गरेको हो । उक्त सिसेक्पा तङनाम किरात याक्थुङ चुम्लुङ युकेको निजी जग्गा मेडिस्टोन चुम्लुङदेनमा विभिन्न कार्यक्रम सहित मनाए ।

किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष नरवीर आङबो अध्यक्षता तथा मेडिस्टोन बोरोकाउन्सिलका मेयर जोन पेरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिभिन्न समामाजीक संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई याक्थुङ लिम्बुहरुको मौलिक पहिचान झल्किने सांस्कृतिक माङलाङ, केलाङ, येबालाङ सहित स्वागत गरिएको थियो ।

तङनामलाई रोचक बनाउन नेपाली सुगम संगितका चर्चित राष्ट्रिय कलाकार गायक राजेश पायल राई (राई इज किङ) को उपस्थितिमा बेजोड संगीतक प्रस्तुती रहेको थियो सिसेक्पा तङनामलाई संगीतमय बनाउदै दुई दर्जन भन्दा माथी गीत गाएका थिए गायक राईले भने हाक्पारे एवं पालाम गायक जीवन केदेम लगायत स्थानीय कलाकारहरुको समेत संगीतिक प्रस्तुति रहेको थियो ।

गायक राजेश पायल राई प्रस्तुती दिदै ।फोटोः नेपालीसमाचार.com

यस तङनामको अवसरमा किरात याक्थुङ युकेलाई लामो समय देखि विभिन्न, कोण क्षेत्रबाट योगदान दिनेहरुलाई पुरुस्कृत तथा सम्मान गरिएको र अन्य क्षेत्र र विधामा उत्कृष्ट नतिजा प्राप्त गर्ने याक्थुङ समुदायका नयाँ पुस्ताहरुलाई पनि प्रशंसा पत्र सम्मान गरिएको संस्थाका महासचिव जुरेन्द्र खजुमले जनाएका छन ।

यसै गरि याक्थुङ लिम्बुहरुको मौलिकपन पहिचान भाषा, लिपि संस्कार, सांस्कृतिकलाई, संरक्षण, सम्बद्र्धन गर्न याक्थुङ समुदायका दोस्रो पुस्ताहरुलाई हस्तातरण गर्दै लैजानको लागि किरात याक्थुङ चुम्लुङ युकेको मातहतमा गठन भएका विभिन्न शाखाबाट केलाङ, यालाङ प्रतियोगीता गराएका थिए भने अन्य अतिरिक्त खेलहरु पक्लुङ (छेलो हान्ने), भाग्य चिठा जस्ता खेल पनि खेलाएका थिए । यस बर्षको आर्टिष्ट अफ द यर सुवर्ण नेम्बाडलाई प्रदान गरियो ।

सिसेक्पा तङनाममा युके भरि बसोबास गर्दै आएका पाँच हजार भन्दा बढि याक्थुङ लिम्बु तथा गैर लिम्बुहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा याक्थुङ समुदायसंग परम्परा देखि जोडिएको मौलिक समाग्रीहरु पनि प्रदर्शन गरिएको थियो

विशेष गरि सिसेक्पा तङना लिम्बू समुदायमा परम्परा देखि नै मौलिक चार्डको रुपमा मान्दै आएका छन । यश तङनामलाई कसरी र किन मानिन्छ भनेमा यसका छुटै रोचक मिथकहरु छन ।

Related Articles

Back to top button