NRNA Special

एनआरएनए यूकेको निर्वाचन समितिमा थपिए दुई सदस्य

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आउंदो २३ मार्चमा हुने एकता महाधिवेशनका लागि गठित निर्वाचन समिति विस्तार भएको छ ।

डा. भीम पुन संयोजक रहेको निर्वाचन समितिमा दुई सदस्यहरु राजकुमार (आरके) त्रिपाठी र टेकबहादुर थापा क्षेत्रीलाई थप गरिएको हो । निर्वाचन समितिमा सदस्य सचिव विश्वासदीप तिगेला छन् ।

सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिको निर्देशन बमोजिम एनआरएनए यूके अल्डरसटमा महाधिवेशन गर्न जुटेको छ ।

उक्त महाधिवेशनमा एनआरएनए पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घले प्रमुख अतिथी हुने छन् ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सदस्यता लिएर एकता महाधिवेशनमा सहभागी हुन बेलायतवासी सबै नेपालीमा अपिल गरेका छन् ।

Related Articles

Back to top button