NRNA Special

पश्चिम नेपालका भूकम्प पीडितलाई एनआरएनए युकेद्वारा करिब १० लाख सहयोग

लन्डन । पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दू बनाएर गएको भुकम्पमा प्रभावित भएकाहरुको सहयोगका लागि प्रेम गाहामगर अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले करिब १० लाख रुपैयाँ सहयोग गरेको छ ।

एनआरएनए युकेले आफ्नो कार्यसमिति र अन्य चन्दादाताबाट संकलित ५ हजार ७०३ पाउण्ड ४७ पेन्स एनआरएनए पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेको एमआइटी ग्रुप फाउण्डेशन र ग्लोबल एनआरएन फाउण्डेशनमार्फत ५ जनवरी २०२४ बिहीबार पीडितलाई दिइएको अध्यक्ष प्रेम गाहामगरले जनाए ।

गत ३ नोभेम्बर २०२३ राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र पश्चिम रुकुमलगायत क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि एनआरएनए युकेले तत्काल भूकम्प पीडितहरुका लागि व्यक्तिगत तथा संस्थागत रुपमा चन्दा आव्हान गरेको थियो ।

बेलायतवासी विभिन्न संघसस्था तथा नेपालीले दिल खोलेर सहयोग गरेको जनाउंदै अध्यक्ष गाहामगरले दाताहरुप्रति आभार व्यक्त गरेका छन् । उनले प्राकृतिक विपत्तिको मार खेपिरहेका कर्णालीवासीलाई गाँस, बास र कपासको जोहो गराउन चन्दादाताबाट प्राप्त सहयोग महत्वपूर्ण र प्रशंसायोग्य रहेको पनि बताए ।

गाहामगरले डा. घले जस्तो विश्वसनीय र उदार मन भएका व्यक्तित्वको सहकार्यमा पीडितलाई सहयोग गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको जनाउंदै संकलित रकममा एक पेनी पनि तल माथि नगरि सदुपयोग हुने विश्वास दिलाए ।

उता, एमआइटी ग्रुप फाउण्डेशनले रु. ५० लाख र ग्लोबल एनआरएन फाउण्डेशनले रु. ५० लाख भुकम्पपीडितहरुका लागि प्रदान गरेका छन् ।
एनआरएनए युकेका लागि चन्दादाताहरु निम्न छन्ः

चन्द्रबहादुर राई, अध्यक्ष किराँत राई यायोक्खा बेलायत तथा ध्रुवसरी राई अध्यक्ष किराँत राई यायोक्खा ग्रेटर रसमोर ब्रान्च, बेलायत– पाउण्ड १२७५.००
गो फण्डबाट– पाउण्ड ४८०.४७
नरेश गुरुङ, अध्यक्ष नेपाली मुलवासी, युनाइटेड यूके– पाउण्ड ५५५.००
एनआरएनए आइसीसी सदस्य शारदा गुरुङ र परिवार – पाउण्ड ४०७.००
कुमार फगामी, अध्यक्ष मोना यूके– पाउण्ड ३००.००
वीर बलाल, अध्यक्ष गुल्मी जिल्ला समाज यूके– पाउण्ड १५०.००
कार्यसमितिबाट– पाउण्ड १०५८.००
योगेन क्षेत्री, एनआरएनए यूके पूर्व अध्यक्ष– पाउण्ड ३००.००
डा. राघव धिताल (ओबीइ), एनआरएनए यूके प्रमुख सल्लाहकार– पाउण्ड २००.००
वीर बहादुर थापा, एनआरएनए यूके प्रमुख सल्लाहकार– पाउण्ड ५०.००
नारायण पराजुली, एनआरएनए यूके सल्लाहकार– पाउण्ड १००.००
रत्न राई, एनआरएनए यूके प्रमुख सल्लाहकार– पाउण्ड ५०.००
डेभिड गुरुङ, संरक्षक एनआरएनए यूके– पाउण्ड १०१.००
भरत रोका क्षेत्री, संरक्षक एनआरएनए यूके– पाउण्ड ५०.००
हितमान गुरुङ, सह–संयोजक गोर्खा टाक्स फोर्स एनआरएनए यूके– पाउण्ड ५१.००
डा. भीम पुन, अध्यक्ष छानविन समिति एनआरएनए यूके– पाउण्ड ५१.००
एमआर कंडेल, आइसीसी सदस्य एनआरएनए यूके– पाउण्ड २१.००
सुमन पुन, आइसीसी सदस्य एनआरएनए यूके– पाउण्ड १००.००
ओमप्रसाद थापा काउचा, आइसीसी सदस्य एनआरएनए यूके– पाउण्ड ५१.००
लीला सेलिङ माबो, आइसीसी सदस्य एनआरएनए यूके– पाउण्ड ५१.००
लेख गुरुङ एनआरएनए यूके सल्लाहकार– पाउण्ड ५५.००
नरमती पुन, एनआरएनए यूके सल्लाहकार– पाउण्ड ३५.००
चुडाक थापा मगर, एनआरएनए यूके सल्लाहकार– पाउण्ड ५१.००
गोमा राना, एनआरएनए यूके सल्लाहकार– पाउण्ड ३०.००
दिपक सुब्बा, एनआरएनए यूके सल्लाहकार– पाउण्ड ५०.००
बद्री योङया, एनआरएनए यूके सल्लाहकार– पाउण्ड ५१.००
राम गलामी, एनआरएनए यूके सल्लाहकार– पाउण्ड ३०.००
जम्मा संकलित रकम– ५,७०३.४७ पाउण्ड

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button