एनआरएनए युकेको एकता महाधिवेशन सम्पन्नः अध्यक्षमा प्रेम गाह पुनः निर्वाचित

लन्डन । गत २३ मार्च २०२५ का दिन गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा प्रेम गाहामगर र महासचिवमा जुरेन्द्र खजुम चयन भएका छन् ।
अल्डरसटमा भएको एकता महाधिवेशनबाट गाहामगरको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नयाँ कार्यसमितिका १९ मार्चमा भएको मनोनयन दर्ताका क्रममा सबै पदमा एकल उम्मेदवारी परेपछि सिंगो कार्यसमिति निर्विरोध भएको निर्वाचन समितिका सदस्यसचिव विश्वासदीप तिगेलाले घोषणा गरे ।
नवनिर्वाचित ४२ पदाधिकारीहरु क्रमशः उपाध्यक्षहरुमा उपाध्यक्षमा अनिल मल्ल, रिचर्ड गुरुङ, डा ओसिन लिम्बु, धन तामाङ र झलक पुन, महासचिवमा जुरेन्द्र खजुम, सचिवद्वयमा कृष्णप्रसाद खतिवडा र धिरज राई, महिला सचिवमा श्रीमती जानुका राई, कोषाध्यक्ष आवेश राई, सहकोषाध्यक्ष सुरेश केसी, महिला संयोजक श्रीमती मणिकला गुरुङ र युवा संयोजक विशाल राई छन्।
त्यसैगरि, कार्यसमिति सदस्यहरुमा किशोरकुमार गुरुङ, सिमनी श्रेष्ठ, विनय दाहाल, कुलप्रसाद कंडेल, निशान पन्धक, रञ्जन राजवंशी, कमलराज तामाङ, मेखसिङ गुरुङ, सोम श्रेष्ठ, दिवराज राई, श्रीमती एन्जिला लिम्बु, सालबहादुर गुरुङ, एन्डी राई, विजय गुरुङ, त्रिप्रसाद पुन, प्रेम कोरङ्गी, निकेश लिम्बू, अन्ड्रियास राई, असल लिम्बु र श्रीमती कल्पना कन्डङ्वा निर्वाचित भएका छन् ।
एनआरएनए यूके आइसीसी सदस्यमा श्रीमती लिला सेलिङ, ओमप्रसाद थापा, डा. बलराम ढकाल, शारदा गुरुङ, युवराज सिंह, कुमार थापा मगर, प्रवेश केसी, अमृत घले, फूलप्रसाद कंडेल र श्रीप्रसाद गुरुङ चुनिएका छन्।
उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र आइतबार नै वितरण गरिएको छ ।
निर्वाचन समितिमा संयोजक डा. भीम पुन, सदस्य सचिव विश्वासदीप तिगेला र सदस्यद्वय राजकुमार (आरके) त्रिपाठी र टेक बहादुर थापा रहेका थिए ।
एनआरएनए यूकेको अधिवेशन उच्चस्तरीय समितिका संयोजक डा शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।