मगरहरुको सास्कृतिक पर्व माघे सक्रान्तिको लागि कलाकारहरु प्रसाद खप्तडी र देबी आले बेलायत आईपुगे।
मगरहरुको सास्कृतिक पर्व माघे सक्रान्तिको लागि कलाकारहरु प्रसाद खप्तडी र देबी आले बेलायत आईपुगे।
मगरहरुको सास्कृतिक पर्व माघे सक्रान्तिको लागि चर्चित कलाकारहरु प्रसाद खप्तडी र देबी आले हिजो बिहिबार बेलायत आईपुगेका छन्।
बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मगरसंघ युकेको १३ शाखाहरु रेडिङ, स्विन्डन, वेल्स, केन्ट, पल्मस्टेड, क्याट्रिक लगायत अन्य शाखामा माघे सक्रान्ति मनाउने भएको छ।
यो बर्ष ११ जनवरी शनिबार मगरसंघ युके युनाईटेड, हेम्पशेयर, बर्कशेयर, सर्ये (यु एच एस बि) शाखाले सामुयल कोडी स्पोर्टस कलेज फार्नबोरोमा धुमधामका साथ माघे सक्रान्ति मनाउने भएको छ। कार्यक्रमको लागि पुर्ण तयारी भएको जानकारी सम्योजक बिर बलाल बताउंछन्।
कार्यक्रमको शुभारम्भमा बिहान पित्री पुजाबाट हुनेछ भने औपचारिक कार्यक्रम पश्चात नेपालबाट पाल्नु भएको कलाकार र स्थानिय कलाकार साथै प्रत्यक्ष कौडा दोहोरी सहित बेजोड प्रस्तुति रहने जानकारी सचिब गणेश बुराथोकी बताउंछन् । यस् बाहेक राफल ड्र, सास्कृतिक नृत्य लगायत अन्य आकर्षक कार्यक्रम रहने भएकोले सस्थाका अध्यक्ष ऋषि रानाले सम्पुर्ण महानुभावहरुको सहभागिताको लागि बिनम्र अनुरोध गरेका छन्।