NRNA Special

बेलायतमा बद्री केसी र कार्यवहाक राजदूत खनाल सहभागी कार्यक्रममा नाराबाजी (भिडिओ सहित)

लन्डन: बद्री केसी र लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनाल सहभागी एक कार्यक्रममा नाराबाजी भएको छ ।

सोमबार अल्डरसटमा एउटा समूहले गरेको एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर समर्थक एक दर्जन युवाहरुले डा. बद्री केसी र रोशन खनालविरुद्द नाराबाजी गरेका हुन् ।

बेलायतका लागि समावेशी राजदूत चाहियो, बद्री केसी आइएलओमा भ्रस्टाचार गरेको पैसा फिर्ता गर, पूर्वाग्रही उपनियोग प्रमुख रोशन खनाल राजिनामा देऊ आदि लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

युवाहरुको होहल्लाका कारण डा. बद्री केसी र लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनालहरुको कार्यक्रम केही बेर बिथोलियो ।

बद्री केसी रसियन जासुस भएको, उनले आइएलओमा करोडौँ भ्रस्टाचार गरेको अनि उपनियोग प्रमुख रोशन खनालले एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरलाई गत १५ अगष्टका दिन गुल्मी जिल्ला समाज यूकेको निमन्त्रणमा बेलायत आएका गुल्मी रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थी, कालीगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापा तथा गुल्मी दरबार गाउँपालिका प्रमुख सरोजकुमार थापा र उपप्रमुख तारा थापा ढेंगासंगै दूतावास जान खोज्दा दूतावासमा प्रवेश नदिइएको भन्दै युवाहरु आक्रोशित भएका श्रोतले बतायो ।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिसदको कार्यालयले भदौ ११ गते खनालको पूर्वाग्रही कदमविरुद्द गम्भीर रुपमा लिंदै आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिंदा समेत खनाल प्रमुख अतिथी भएर कार्यक्रममा पुगेपछि युवाहरु थप आक्रोशित भएर विरोधमा ओर्लिएका हुन् ।

नक्कली माओवादी पीडित बनेर यूके बसेकाहरुले डा. बद्री केसी र लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनालले नक्कली भुटानीहरुलाई जम्मा गरेर गरेको कार्यक्रमप्रति युवाहरुले रिस पोखेको बताइन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको पैसा भ्रस्टाचार गर्ने केसीलाई कारबाहीको माग र भेदभाव र पूर्वाग्रह गर्ने उपनियोग प्रमुख रोशन खनालबिरुद्द नारा लगाएका थिए ।

भिडिओ सहिद: अल्डरसटमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को भ्रस्टचार गर्ने बद्रि केसीलाई कारबाईको माग र भेदभाव, पूर्वाग्रह गर्ने उपनियोग प्रमुख रोशन खनाल बिरुद् विरोध प्रदर्शन !!
https://www.facebook.com/share/v/yX35w1VN8DpH4A8T/?mibextid=UalRPS

Related Articles

Back to top button