आदिवासीयुके विशेष

नेपाली मेलामा किराँती धर्मलवम्बीहरुले प्रर्दशन गरे झाँकी

ज्ञानु फुरुम्बाे 'चरपे'

नेपाली राजदुतावास र तुमधीकाे संयुक्त आयाेजनामा संचालन भएकाे नेपाली मेलामा किरात धर्मलवम्बीहरुले आफ्ना माैलिक भेषभुषा सहित माङलाङ केलाङ प्रस्तुत गरेका छन ।

२५ अगस्ट २०२४ आइतबारका दिन नेपाल राजदुतावास र तमुधीकाे संयुक्त आयाेजनमा बेलायतकाे केम्पटाेन रेसकाेर्समा संचालन भएकाे उक्त नेपाली मेला बेलायतमा हुने सबै भन्दा ठुलाे एक दिने नेपाली मेला हाे । उक्त मेलालाई लक्षित गरि यश किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके र भातृ संगठन किरात साम्याे साक्थिम्गेन्न पान्जुभाे युकेकाे संयुक्त उपस्थितिमा भब्यरुपमा माैलिक किराँती भेषभुषा सहित माङलाङ, केलाङ झाँकि प्रदर्शन गरिएकाे हाे ।

युके भरि बसाेबास गर्दै आएका किरात धर्मलवम्बी तथा शुभभेच्छुकहरुकाे बाक्लाे उपस्थितिमा परम्पारिक पाेषक तागाबा, मेक्लि, साम्याङफुङ, नेसेफुङमा, सजिएर, च्याब्रुङ, झेम्टा, धार्मिक झण्डा, ब्यानर सहित सानदार रुपमा किरात धर्मलवम्बिहरुकाे झाँकि प्रस्तुत भएकाे थियाे ।

उक्त कार्यक्रमलाई सफल पार्न किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके, किरात साम्याे साक्थिम्गेन्न पान्जुभाे युके, किरात साम्याे नालिफुङवा पान्जुभाे युके र किरात साम्याे माङसेवा साबा किरात माङहिम समिति युकेहरुकाे संयुक्त पहल र संयाेजन र समस्त सदस्य साथै किरात धर्मलवम्बीहरुकाे सहभागितामा उक्त कार्यक्रम गरिएकाे हाे । बिगत लामाे समय देखि युकेमा आयाेजना हुने विभिन्न कार्यक्रमहरु सिसेक्पा तङनाम, चासाेक तङनाम, महागुरु फाल्गुनन्द लिङदेनकाे जन्मजयन्ती, बार्षिक चाेमेन सेवा जस्ता महत्पुर्ण कार्यक्रमहरुमा माैलिकता सहित सहभागी जनाउदै आएकाे छ ।

प्रत्येक बर्ष नेपाली राजदुतावास र तुमुधीले संयुक्त रुपमा आयाेजना हुने उक्त नेपाली मेलामा दस हजार भन्दा माथी नेपाली मेला प्रेमिहरुकाे उपस्थित हुने गरेकाे छ । उक्त नेपाली मेलामा बिबिध जातजाती संघ, संस्था र धार्मिक समुदायहरुले आफ्ना आफ्नै माैलिकता सहित परिचय सहित उपस्थित भएर झाँकि प्रदर्शन गर्दै आएका छन उक्त अवसरमा युकेबासि किरात धर्म लवम्बीहरुले पनि झाँकि सहित सहभागी जनाएका हुन ।

Related Articles

Back to top button