आदिवासी

युकेमा ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवस भब्यतापूर्वक सम्पन्न

लन्डन ।

गत ४ अगस्ट २०२४ को दिन अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको आयोजनामा आदिवासी दिवस सम्पन्न भएको हो ।

संविधानसभा सदस्य माननीय तारा राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बेलायतस्थित नेपाली राजदूतावासका प्रतिनिधि तथा द्वितीय सचिव रामबाबु नेपाल, गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष श्री प्रेम गाहामगर, नेपाल आदिवासी जनजाति महासंघ नेपालका पूर्वसचिव भक्तबहादुर दुरा, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार राई, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राई, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष थर्क राना, पूर्वअध्यक्ष सिरीप्रसाद लिम्बु, पूर्वअध्यक्ष जंग सुनुवार र निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पा डा. सुमाया राई, विश्वास दीप तिगेला, तमु धीं बेलायतका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, मगर संघ बेलायतका अध्यक्ष सिता पुन, किरात राई यायोक्खा बेलायतका प्रतिनिधि प्रसाद राई, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष बिमला सेने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतका निवर्तमान अध्यक्ष गोमा रानालगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमको विशेष आकर्षण- हरेक वर्ष प्रदान गरिने आदिवासी जनजाति महासंघ बेलायत वर्ष पुरुष र वर्ष महिलाको पहिचान साथै सम्मान गरिएको थियो । उक्त सम्मान पुरुषतर्फ पूर्वअध्यक्ष तथा सल्लाहकार सिरीप्रसाद लिम्बुलाई दिइएको थियो भने महिलातर्फ पूर्वमहासचिव तथा सल्लाहकार विमला सेनेलाई दिइएको थियो । वार्षिक सम्मान प्राप्त सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि तारा राई र अध्यक्ष मेजर योगेश राईले खादा र ट्रफी प्रदान गर्नु भएको थियो । महासंघलाई विशेष योगदान गरे वापत ज्ञाम गुरुगलाई पनि मायाको टोकनले सम्मान गरिएको थियो ।

कार्यक्रममा नवनिर्वाचित नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष विमला सेनेसहित उहाँका कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै फेटा र खादा ओडाई सम्मान गरिएको थियो ।

कार्यक्रममा तमु धीं बेलायतले स्वागत नृत्य र किरात राई यायोक्खा बेलायतले साकेला सिली प्रदर्शन गरेका थिए भने गायिका जानुका राईले आदिवासी गीत र बिना राईले “गुरुङ “ भाषामा गीत गाएर आदिवासी दिवसलाई थप मनोरन्जनात्मक र उत्साहमय बनाएका थिए ।

जनजाति महासंघ युकेको अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव फ्रम दुराले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्त्यव्य नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतका उपाध्यक्ष गंगामाया गुरुङले गर्नुभएको थियो ।

Related Articles

Back to top button