साहित्य सिर्जना

बिश्व नेपाली साहित्य महासंघ पश्चिम् शाखाको तेस्रो महाधिवेशन सप्पन्न

अगस्ट ३ तारिख २०२४ शनिबार ,विश्व नेपाली साहित्य महासंघ पस्चिमा शाखा बेलायतको तेस्रो अधिबेशन अध्यक्ष लाल सुन्दर राइको अध्यक्षतामा शुशी मोतो अल्दर्शोटमा सम्पन्न भएको छ।

प्रमुख अतिथि विनेसाम केन्द्रका अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशी अतिथि केन्द्रकै महासचिव सुनिता राई कन्दङ्वा लगायतका अतिथि रहेको भर्चुअल र भौतिक रुपमा कार्यक्रम अत्यन्तै सौहार्दपुर्ण वातावरणमा समापन भएको थियो।

पहिलो चरणमा पानसमा दिप प्रज्वलन गरि प्रारम्भ भएको थियो भने गोमा रानाको स्वागत मन्तब्य पश्च्यात केन्द्रका महासचिव र अन्य अतिथिले शुभकामना मन्तब्य राखेका थिए । सस्थाका सचिब शान्ति लिम्बुले कार्यक्रम सन्चालनमै कार्यावधिको कार्य विवरण राखे पछि अध्यक्ष राइले आफ्नो सकारात्मक धारणा
साहित्यकार तथा साहित्य प्रेमीहरुको लागि चौतारीको रुपमा सबैले आआफ्नो रचना सहित भेट्न् सुन्न र सुनाउने माहोलको लागि यो साहित्य पश्चिम शाखाको स्थापना भएको कुरा राख्दै कार्यसमिति विघटन गर्दै सबैलाई धन्यवाद सहित प्रमुख निर्वाचन आयुक्त डा. सुमाया र वहाँको टिमलाई हस्तान्तरण गरेका थिए।

दोस्रो चरणमा निर्वाचन प्रमुख डा.सुमाया राई, शान्ति लिम्बू र राजन राई सद्स्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितीको चयन गराएका छन। अध्यक्षमा लाल सुन्दर राई, वरिष्ठ उपाध्यक्षमा गोमा राना, उपाध्यक्षमा गंगा राना थापा, उपाध्यक्ष शान्ति लिम्बू, सचिबमा जित छन्त्याल, उपसचिव गंगा भन्डारी, कोषाध्यक्ष नानू राना, मिडिया संयोजक देवी आले र जय तामाङ, सदस्यहरुमा श्री होम सुनुवार,हेम कुमार राई , रघु भन्डारी, हरि राई, प्रतिमा केसी रहेका छन् भने अन्य सदस्य पहिलो बैठकमा पुर्णता दिने प्रमुख आयुक्त डा. राइले जानकारी दिएका छन् ।

निर्वाचन प्रमुख डा. राई र प्रमुख अतिथि सुरेन्द्र लिम्बुले नव निर्वाचित अध्यक्ष लाल सुन्दर राई र सम्पुर्ण नयाँ कार्यसमितिलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएका थिए।

यसै अवसरमा भर्खरै प्रकाशित पुस्तक शान्ति लिम्बुको कस्तुरी यात्रा, जित छन्त्यालको यानीमाया र गोमा रानाको सात समुन्द्रपारीबाट एकापसमा आ आफ्नो पुस्तक साटासाट गरेका थिए।

Related Articles

Back to top button