समाचारसाहित्य सिर्जना

‘मेरो कविता’ को निर्णायक घोषणा

९ अक्टोबर, दमक । माई प्लेटफर्मको प्रस्तुतिमा सञ्चालन हुन लागिरहेको रियालिटी शो ‘द रिदम अफ पोयट्री: ‘मेरो कविता’को आधिकारिक निर्णायकहरु घोषणा गरिएको छ । जसमा सुप्रसिद्ध कवि हेमन यात्री, चर्चित युवा कवि उत्तम तुम्सा लिम्बु, सुप्रसिद्ध गजलकार एवम् कवि सुमन स्मारिका र सशक्त युवा कवि अज्ञात दधि शोका निर्णायक रहनेछन् ।

नयाँ पुस्ताका कविहरुलाई पहिचान, प्रोत्साहन तथा संरक्षण गर्ने हेतुले सञ्चालनमा ल्याउन लागेको कार्यक्रमको छायांकनको निम्ति पूर्वको सुन्दर नगरी दमकस्थित बेलडाँगीमा सेट निर्माण भईरहेको छ ।

सबै रास्ट्रिय स्तरको रियालिटी शो तथा कार्यक्रमहरु राजधानीमा मात्रै छायांकन र उत्पादन हुन्छ भन्ने मान्यतालाई चिर्न कार्यक्रम राजधानी बाहिर छायांकन गर्न लागेको निर्माण टिमको स्रोतले बताएका छन् । कार्यक्रमका निम्ति डिजिटल अडिसन खुल्ला भईसकेको छ ।

Related Articles

Back to top button