समाचारसाहित्य सिर्जना

धनकुटाका कवि रोशन परियार नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सदस्य नियुक्त

धनकुटा । धनकुटाको पाख्रीबासलाई जन्म र कर्म थलो बनाएर नेपाली साहित्य क्षेत्रमा लामो समयदेखि योगदान दिंदै आएका कवि रोशन परियार नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्रीको निर्णयबाट नेपाल प्रज्ञा–प्रतिष्ठानसहित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा विभिन्न पदाधिकारी तथा प्राज्ञ सदस्य नियुक्त गरिएको हो।

कविता लेखनमा सक्रिय परियारका रचनाहरू विभिन्न साहित्यिक गतिविधि, पत्रपत्रिका तथा प्रकाशनमार्फत पाठकमाझ पुग्दै आएका छन्। उनका प्रकाशित कृतिमध्ये ‘सियोको दूरबिन’ कविता संग्रह पनि एक हो।

कवि परियार पाख्रीबास कला साहित्य समाजका संस्थापक अध्यक्ष र विभिन्न राष्ट्रिय पुरस्कारहरुद्वारा पुरस्कृत र सम्मानित पनि भइसकेका छन् ।

Related Articles

Back to top button