NRNA Special

बेलायतका लागि नेपाली राजदूत गोर्खा समुदायबाट नियुक्त गर्न माग

लन्डन । एनआरएनए यूकेले बेलायतका लागि नेपाली राजदूत गोर्खा समुदायबाट नियुक्त गर्न माग गरेको छ ।

संघले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई इमेलमार्फत एक पत्र पठाउंदै अब बेलायत पठाउने राजदूत समान व्यवहार गर्ने, समावेशी, खुबी भएको, आदिवासी जनजाती र गोर्खा मुद्दा बुझेको गोर्खा समुदायबाट होस् भन्ने समस्त बेलायतवासी नेपाली र गोर्खाहरुको माग रहेको उल्लेख गरेको छ ।

‘बेलायतका लागि अहिलेसम्म २२ जना राजदूत आइसकेपनि आदिवासी जनजाती समुदायबाट कोही पनि राजदूत नियुक्त भएको इतिहास छैन्’, पत्रमा अध्यक्ष प्रेम गाहामगरले भनेका छन्, ‘यहां भूतपूर्व गोर्खाहरु र जनजाती वाहुल्य झण्डै ८० प्रतिशत छ । सम्माननीय प्रधानमन्त्रीज्यूलाई अवगत नै छ, विगत २०८ वर्षदेखि गोर्खाहरु बेलायती सेनामा कार्यरत छन् । भूतपूर्व गोर्खाहरुले तीन दशकबढी समयदेखि समान पेन्सन लगायत सुविधाका लागि आन्दोलन गरिरहेको अवस्था छ । यस परिप्रेक्ष्यमा नयां राजदूत गोर्खा इष्यू बुझेको, समावेशी र आदिवासी जनजातीबाट होस् भन्ने एनआरएनए यूके तथा बेलायतवासी नेपालीको माग छ ।’

नेपाल सरकार मन्त्रिपरिषदको हालैको बैठकले बेलायतसहित ११ राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई फिर्ता बोलाउने सरकारको निर्णयसंगै बेलायतको नेपाली समुदायले अबको नयां राजदूत सम्बन्धमा चासो व्यक्त गरिरहेको अध्यक्ष गाहामगरले जनाएका छन् ।

पत्रमा फिर्ता बोलाइएका राजदूत आचार्य बेलायतको नेपाली समुदायमा सबैभन्दा पूर्वाग्रही राजदूत भएको भन्दै उनको कार्यशैलीविरुद्ध एनआरएनए यूकेसहित ३४ नेपाली संघसंस्थाले सार्वजनिक रुपमै विद्रोह गरेको स्मरण गराइएको छ ।

‘महामहिम आचार्यको नियत शुरु देखि नै खराब रहेपछि म स्वयंले प्रधानमन्त्रीज्यूलाई गत २ मार्च २०२३ र ३० अगष्ट २०२३ मा प्रत्यक्ष भेटेर ध्यानाकर्षण पनि गराएको थिएं’, पत्रमा उल्लेख छ ।

अध्यक्ष गाहामगले नेपाल सरकारका प्राथमिकता अरु धेरै भएकाले आफूहरुको माग नसुनेपनि जायज मुद्दामा आवाज उठाइरहने बताए ।

पत्र जस्ताको तस्तैः

Related Articles

Back to top button