युके विशेष

युकेमा किरात बान्तावा रुङमाहाङ राईहरुको अधिबेसन: बिनोद कुमार राई अध्यक्ष चयन

८ मे २०२४ शनिबारका दिन किरात राई हाउस ग्याम्बल्स लेनमा किरात बान्तावा रुङमाहाङ राई वातुङ समिति युकेको साधारण सभा/अधिबेशन सफलता पूर्बक सम्पन्न भयो !

ज्वेष्ठ सदस्यले पानसमा बत्ति बालेर कार्यक्रम उदघाटन गर्नु भए पछि शुरु भएको कार्यक्रममा पूर्खा र दिबंगत हुनुभएकाहरुको सम्झना गर्दै एक मिनेट मौन धारण अनि लगत्तै रुङमाहाङ बंशको राष्ट्रिय बंशीय गीत सबैले गाएर कार्यक्रम शुरु भएको थियो ! स्वागत मन्तब्य दिंदै निबर्तमान उपाध्यक्षले सम्पूर्णलाई कार्यक्रममा न्यानो स्वागत गर्नु भयो ! कार्यक्रममा नयाँ सदस्यहरुलाई खादा ओढाएर स्वागत गरिएको थियो !

बक्ताका रुपमा सल्लाहकार छेत्रकला राईले शुरुवात देखि आफुले थाहा पाएको संस्थाको कार्यक्रम र यहाँ सम्म कसरि आई पुग्यो वातुङ भन्ने कुरा प्रष्ट पार्नु भयो !

कोरोना महामारीका कारण झन्डै ६ बर्षे लामो कार्यकाल पूरा गरी निबर्तमान अध्यक्ष युद्दराज राईको नेतृत्वको कार्यसमितिले प्रतिबेदनहरु प्रस्तुत गरे पछि सर्बसम्मत सबै प्रतिबेदन पारित भएको थियो !

त्यस पछि आफ्नो कार्यसमिति बिघटन गरेर नयाँ कार्य समितिको चयनका निमित्त पूर्ब अध्यक्षले निर्बाचन कमिटीलाई नयाँ कार्यसमिति चयनका निमित्त जिम्मेवारी दिनु भएको थियो !

बंशीय पारिवारिक समिति भएकाले सर्बसम्मत मन्जुरी र सहमतिमा पूर्ब उपाध्यक्ष श्री बिनोद कुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भयो !

किरात बान्तावा रुङमाहाङ राई वातुङ समिति बेलायतको नयाँ कार्यसमितिमा, अध्यक्ष बिनोद कुमार राई, उपाध्यक्ष – पोपिराज राई, सचिब – भुमिराज राई, कोषाध्यक्ष – रन्जित राई, सह-सचिब – किरण राई, सह-कोषाध्यक्ष – निर्मल राई, सदस्यहरु – पूजा बान्तावा, तायाहाङ्मा राई, मिलन राई, दिपेन राई, दिवाहाङ्ग राई, झण्ड राई र रबिन राई रहनु भएको छ ! किरात बान्तावा रुङमाहाङ्ग राई वातुङ समिति बेलायतको सल्लाहकारहरुमा, श्री जंग राज राई, श्री युद्द राज राई र श्रीमती छेत्रकला राई रहनु भएको छ !

नयाँ कार्य समिति चयन पश्चात अध्यक्ष बिनोद कुमार राईले अत्यन्तै कठिन समयमा बंशीय वातुङलाई यहाँ सम्म सफलता पूर्बक ल्याएर आफ्नो जिम्मेवारी सुम्पनु भएको प्रति धन्यवाद दिंदै पूर्ब अध्यक्ष युद्दराज राईको कार्यकालमा धेरै उपलब्धि मुलक कार्य गर्न सघाउन सफल युके वातुङका बंश र छोरीचेली अनि ज्वाईं चेला सम्पूर्ण प्रति कृतज्ञता प्रकट गर्नु भयो !

मुख्य उपलब्धिहरुमा, ललितपुर नेपालको गोदावरी स्थित गोदाम चौरमा सफल ब्यबसायी बंश नन्द राज राईको नेतृत्वमा निर्मित नेपालकै उत्कृष्ठ नमुना माङखिम, किरात बान्तावा रुङमाहाङ राईहरुको सामुहिक माङ्खिम / चुलाघर तथा संग्राहलय निर्माणमा युके वातुङले ५० लाख बराबरको आर्थिक सहयोग गर्न सफल भएको प्रति सम्पूर्ण सहयोग दाता र सहयोग उठाउन सकृय बंशहरुलाई धन्यवाद दिनु भयो !

उपाध्यक्ष पोपिराज राईले पनि पूर्ब कार्य समिति युके वातुङलाई यहाँ सम्म ल्याई पुर्याउन सफल हुनुभएको भन्दै निबर्तमान कार्यसमितिलाई धन्यबाद दिनु भएको थियो !
अब आउने ३ बर्ष रुङमाहाङ बंशीय वातुङ युकेको सेवकका रुपमा नयाँ कार्यसमिति चयन भएकाले सकेको सेवा गर्ने प्रतिबद्दता व्यक्त गर्दै आफुले बंशको वातुङ समितिमा लामो समय कार्य गरेको चर्चा गर्नु भएको थियो !

रुङमाहाङ बातुङ समिति युकेमा यो बर्ष ३ जना नयाँ सदस्यहरु अर्जुन भक्त राई ( ज्वाईँ चेला ), देवी राई र दिपा राई (अमेरिका) ले सदस्यता लिनु भयो !

आवश्यकता अनुसार सदस्यहरु, उपाध्यक्ष र सल्लाहकार थप गर्ने सहमति सहित, कार्यक्रममा उपस्थित छोरीचेली र ज्वाईंचेलाहरुले ल्याईदिनु भएको कोशेली र उपस्थित वा अनुपस्थित बंशहरुले कार्यक्रम आयोजना गर्न बंशको दायित्व हरेक परिवारले एकसय पाउण्डका दरले सहयोग गर्नु भएकोमा पूरानो कार्यसमिति र नयाँ कार्यसमिति दुबैको तर्फबाट सम्पूर्णलाई धन्यबाद ज्ञापन गरिएको थियो !

कार्यक्रममा ओजोन रेस्टुरेन्टले अत्यन्तै मिठो खानाका परिकार उपलब्ध गराएको थियो ! कार्यक्रमको संचालन निबर्तमान सचिब प्रदिप राई र भुमिराज राईले गरेका थिए !

सन् २००८ मा बेलायतमा अन्य नेपालीहरु सहित रुङमाहाङ राईहरुको नेपालबाट बसाईं सराईका क्रममा युकेमा जनसंख्या बढे पछि बंश दयासागर राईको अध्यक्षतामा फोल्कस्टोन, केन्ट, युकेमा गठन भएको किरात बान्तावा रुङमाहाङ राई वातुङ समिति युके, नेपाल केन्द्रिय वातुङ समिति कै बिधि बिधान र छत्रछाँयामा संचालन भै रहेको बंशीय समिति हो !

‘रगत र दुधको रक्षा गरौ” भन्ने नाराका साथ किरात बान्तावा रुङमाहाङ राई बंशको वातुङ समिति पूर्ब सिडिओ प्रेम कुमार राईले बिक्रम सम्बत 2026 सालमा भोजपुर जिल्लाको दिल्पामा गठन गर्नु भएको थियो ! अहिले सम्म बिभिन्न मिति र स्थानमा राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ! केहि बर्ष अघि रुङमाहाङ वातुङ स्थापनाको ५० सौं बर्ष गाँठ स्वर्ण जयन्ति भोजपुरमा भब्य रुपमा सम्पन्न भएको थियो !

रुङमाहाङ बंशका धेरै चर्चित व्यक्तित्वहरुमा पूर्ब अन्चालाधिस (स्वर्गीय) मकर बहादुर बान्तावा, पूर्ब सिडिओ प्रेमकुमार बान्तावा, पूर्ब एआईजी राम काजि बान्तावा, पूर्ब आईजीपी(सशस्त्र प्रहरी बल) दुर्ज कुमार राई, चलचित्र निर्माताहरु दयासागर राई, चचित्र बिकासबोर्डका पूर्ब अध्यक्ष राजकुमार राई, जोतिराज राई (आदिबासी चलचित्र समाज प्रदेश नम्बर १ अध्यक्ष ) ब्रिटिश सेनाका मेजर (स्वर्गीय)बाग धन राई लगायत धेरै व्यक्ति व्यक्तित्व रहनु भएको छ !

किरात बान्तावा रुङमाहाङ राईहरु नेपालको, भोजपुर, ईलाम, पाँचथर, ताप्लेजुङ, झापा, सुनसरी, खोटाङ्, उदयपुर, काठमान्डौ लगायत अन्य ठाउँमा बसोबास गर्दै आई रहेका छन् !
मुख्य उद्गम थलो भोजपुरको दिल्पा (दिवाहाङ्ग बाक्खा) बाट रुङमाहाङ राईहरु बसाई सराई र जिबिको पार्जनका क्रममा बिभिन्न ठाउँमा पुगेर बसोबास गरिरहेका छन !

किरात बान्तावा रुङमाहाङ राई वातुङ समिति युकेले हरेक बर्ष एकदिन बंश र छोरीचेली, ज्वाईंचेला भानाभान्जीहरुको सामुहिक भेला आयोजना गरेर भेटघाट र चिनजान कार्यक्रम आयोजना गर्ने गर्दछ ! बंशहरुले मात्रै खर्च व्यहोरेर छोरीचेली, ज्वाईंचेलाहरुलाई कार्यक्रममा स्वागत गर्ने चलन छ !

दु:ख बिमार, मरौपरौमा समितिको विधानले तोकेअनुसार आर्थिक सहयोग र परेको बेला नेपालमा पनि आर्थिक सहयोग गर्ने चलन छ ! किरात बान्तावा रुङमाहाङ राईहरुलाई परेको बेला औषधोपचार गर्नकै निमित्त किरात बान्तावा रुङमाहाङ समाजले औषधोपचार कल्याणकारी कोष काठमान्डौ नेपालमा शुरु गरेको छ !

भुमिराज राई
मेडवे केन्ट युके

Related Articles

Back to top button